सीके राउतको सम्बन्धविच्छेद मुद्दा अदालतले मिलापत्रमा पठायो
बिहीबार, ११ वैशाख २०८२, ११ : ०६
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत सम्बन्धबिच्छेदको मुद्दा ललितपुर जिल्ला अदालतले मिलापत्रमा पठाएको छ । राउतले २०८१ भदौ १२ गते अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा (फिरादपत्र) दायर गरेका थिए ।
उक्त मुद्दामा मङ्गलवार अन्तिम आदेश गर्दै न्यायाधीश निर्मला योङ्याको एकल इजलासले मिलापत्रमा पठाउने आदेश गरेको हो ।
राउतले श्रीमती सोनी सिन्धु घरमा नबस्ने अनि माइत मात्र जाने गरेको र लामो समयदेखि भारतमा रहँदै आएको दाबी गर्दै सम्बन्ध विच्छेदका लागि निवेदन दिएका थिए ।
श्रीमतीले आफ्ना छोराछोरी र परिवारको दायित्व पूरा नगरेको बताउँदै राउतले आफू अलग बस्न चाहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण