६१ जना इन्स्पेक्टरको पदस्थापन र काज
बिहीबार, ११ वैशाख २०८२, ११ : २३
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले बढुवा भएका ६१ जना इन्स्पेक्टरहरूको पदस्थापन र काज सरुवा गरेको छ । वैशाख ९ मा बढुवा भएकाहरूलाई आईजीपी दीपक थापाले पदस्थापन र काज सरुवाको निर्णय गरेका हुन् । इन्स्पेक्टर सुदिप थापा, रवि घिमिरे र जगतबहादुर राईलाई सीआईबीमा पदस्थापन गरिएको छ ।
कृष्णराज सेढाईलाई विशेष ब्युरोमा काज सरुवा गरिएको छ । जंगबहादुर अधिकारीलाई सीआईबीमा काज गरिएको छ । सुरज बुढाथोकीलाई मानव बेचबिखन ब्युरो, रेवतकुमार पोखरेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र लोकेन्द्रकुमार रावललाई लागुऔषध नियन्त्रण ब्युरोमा पदस्थापन तथा काज सरुवा गरिएको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण