फवाद खानको प्रतिक्रिया : पहलगाम आक्रमण घिनलाग्दो
इस्लामावाद । अप्रिल २२ मा कश्मीरको पहलगाममा आतङ्कवादी हमला भयो । यस आक्रमणमा परेर एक जना नेपाली समेत गरेर २८ जनाको मृत्यु भएको छ । आक्रमणको भोलिपल्टै भारतले पाकिस्तानलाई जिम्मेवार ठहराउँदै प्रतिक्रियामा धेरै ठुला निर्णयहरू गर्याे ।
यस आक्रमणमा केही पाकिस्तानी आतंककारीहरू पनि संलग्न रहेको भनिएको छ । भारतले पाकिस्तानप्रति कडा अडान लिइरहँदा केही पाकिस्तानी कलाकारहरूले आतङ्कवादी हमलाप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् । यसमा पाकिस्तानी अभिनेता फवाद खान पनि छन् । फवाद छिट्टै अबिर गुलालबाट बलिउडमा पुनरागमन गर्दै थिए ।
‘पहलगाममा भएको जघन्य आक्रमणको बारेमा सुनेर म दुःखी छु । यस भयानक दुर्घटनाका पीडितहरूप्रति हाम्रो समवेदना छ र हामी यस कठिन समयमा उनीहरूका परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी प्रार्थना गर्दछौँ’ एउटा पोस्टमा फवादले लेखेका छन् । फवादको बलिउड कमब्याक फिल्म अबीर गुलाल मे ९ मा रिलिज हुँदैछ । फिल्ममा उनीसँगै वाणी कपूर मुख्य भूमिकामा छिन् । तर, यो आतङ्कवादी हमलापछि पाकिस्तानी अभिनेता फवाद खानको फिल्म समस्यामा परेको छ । फिल्म फेडरेशनले पाकिस्तानी कलाकारहरूलाई पुनः प्रतिबन्ध लगाएको छ ।
फिल्म फेडरेशन एफडब्ल्यूआईसीईका प्रमुख सल्लाहकार अशोक पण्डितले बुधवार आधिकारिक रूपमा भारतमा पाकिस्तानी कलाकारहरूलाई प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । पहलगाम आक्रमणपछि उनले यो कारबाही गरेका हुन् । जारी विज्ञप्तिअनुसार, भारतीय कलाकारहरूले अब कुनै पनि हिसाबले पाकिस्तानी कलाकार, गायक वा प्राविधिकहरूसँग काम गर्ने छैनन् । अबीर गुलाल पाकिस्तानी अभिनेता फवाद खानलाई लिएर बनाइएको अनि यो निर्णय यस फिल्ममा लागू हुने पनि उनले बताए ।
‘आक्रमण, जहाँ भए पनि, हामी सबैको लागि दुर्घटना हो । मेरो हृदय हालैको घटनाका पीडितहरूसँग छ । म पीडामा छु, शोकमा छु र आशामा छु कि हामी सबै एक हौँ । जब कुनै निर्दोष व्यक्तिले आफ्नो जीवन गुमाउँछ, त्यो पीडा उसको मात्र हुन्न, हामी सबैले महसुस गर्छौं । हामी कहाँबाट आएका हौँ भन्ने कुराले फरक पार्दैन, पीडाको कुनै भाषा हुँदैन । आशा छ हामी सबैले सधैँ मानवता रोज्नेछौँ ।’
पाकिस्तानी अभिनेत्री हानिया आमिरले पनि आफ्नो इन्स्टाग्राम अकाउन्टमा शेयर गरिएको पोस्टमा लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण