मन्त्रालयले हटाएन बर्खास्तमा परेका ऊर्जा राज्यमन्त्री तामाङको नाम

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार बर्खास्त गरेका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई मन्त्रालयको साइटबाट हटाएको छैन । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको वेबसाइटमा बर्खास्तमा परेका ऊर्जा राज्य मन्त्री तामाङको नाम अहिलेसम्म कायम राखेको छ ।
राज्यमन्त्री तामाङलाई बुधवार नै प्रधानमन्त्रीले बर्खास्त गरेका छन् । तर ऊर्जा मन्त्रालयको वेबसाइटमा भने तामाङ अझै ऊर्जा राज्यमन्त्रीको रूपमा देखिएका छन् । प्रधानमन्त्री ओलीले राज्य मन्त्रीलाई बर्खास्त गरेसँगै नयाँ शिक्षा मन्त्री नियुक्त गरी नयाँ मन्त्रीमण्डलको नाम हिजो नै राष्ट्रपति कार्यालय सार्वजनिक समेत गरिसकेको छ ।
तर ऊर्जा मन्त्रालयको साइटमा भने अझै पनि राज्यको मन्त्रीको रूपमा तामाङलाई कायम राखिएको छ । राज्य मन्त्री बर्खास्त भएको ऊर्जा मन्त्रालयलाई १६ घण्टासम्म जानकारी नभएको देखिएको छ । प्रधानमन्त्री ओलीले तामाङलाई सरकारले गरेका निर्णयविरुद्ध सार्वजनिक विरोध तथा सरकारमा बसेर सरकारको विपक्षमा बोलेको भन्दै बर्खास्त गरेका छन् ।