मन्त्रालयले हटाएन बर्खास्तमा परेका ऊर्जा राज्यमन्त्री तामाङको नाम
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार बर्खास्त गरेका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई मन्त्रालयको साइटबाट हटाएको छैन । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको वेबसाइटमा बर्खास्तमा परेका ऊर्जा राज्य मन्त्री तामाङको नाम अहिलेसम्म कायम राखेको छ ।
राज्यमन्त्री तामाङलाई बुधवार नै प्रधानमन्त्रीले बर्खास्त गरेका छन् । तर ऊर्जा मन्त्रालयको वेबसाइटमा भने तामाङ अझै ऊर्जा राज्यमन्त्रीको रूपमा देखिएका छन् । प्रधानमन्त्री ओलीले राज्य मन्त्रीलाई बर्खास्त गरेसँगै नयाँ शिक्षा मन्त्री नियुक्त गरी नयाँ मन्त्रीमण्डलको नाम हिजो नै राष्ट्रपति कार्यालय सार्वजनिक समेत गरिसकेको छ ।
तर ऊर्जा मन्त्रालयको साइटमा भने अझै पनि राज्यको मन्त्रीको रूपमा तामाङलाई कायम राखिएको छ । राज्य मन्त्री बर्खास्त भएको ऊर्जा मन्त्रालयलाई १६ घण्टासम्म जानकारी नभएको देखिएको छ । प्रधानमन्त्री ओलीले तामाङलाई सरकारले गरेका निर्णयविरुद्ध सार्वजनिक विरोध तथा सरकारमा बसेर सरकारको विपक्षमा बोलेको भन्दै बर्खास्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण