फोटोफिचर
एमालेको ‘युथ सेलिब्रेशन’ कार्यक्रम : सेल्फी खिच्न व्यस्त नेता–कार्यकर्ता (तस्बिरहरु)
बिहीबार, ११ वैशाख २०८२, १३ : २७

काठमाडौँ । सत्ताको नेतृत्व गरेको दल नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘यूथ सेलिब्रेसन’ विशेष कार्यक्रममा युवाहरू भृकुटीमण्डपमा भेला भएका छन् । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले बिहीबार विशेष कार्यक्रम गर्न लागेको छ ।
कार्यक्रममा एमालेले ४० वर्षमुनिका युवाहरूलाई सहभागी हुन अपिल गरेको छ । आजको कार्यक्रममा करिब एक लाख युवा उतार्ने योजनामा एमाले छ । कार्यक्रम सुरु हुनै लाग्दा युवाहरुको सहभागी हुने क्रम बढिरहेको छ भृकुटीमण्डप पुगेका नेता–कार्यकर्ता कोही सेल्फी लिइरहेका छन् भने कोही नेताहरुसँग भलाकुसारी गरिरहेका देखिन्छन् ।
हेर्नुहोस् तस्बिरहरु :