राज्य विरुद्धको कसुरमा संलग्न १६ जनाको बयान पूरा, प्रसाईँलाई सोध्ने प्रश्न तयार गरिँदै
काठमाडौँ । तीनकुने घटनामा संलग्न २४ जनालाई प्रहरीले राज्य विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । उनीहरूले चैत १५ मा पुर्वराजाको समर्थनमा प्रदर्शन गर्दा अवाञ्छित गतिविधि गर्दै राज्य विरुद्धको कसुर गरेको आरोप छ ।
दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ले प्रदर्शन आयोजना थिए ।
प्रदर्शनको अग्र मोर्चामा रहेका दुर्गा प्रसाईँ सहितका २४ जनामाथि प्रहरीले राज्य विरुद्धको मुद्दा लगाएको छ । उनीहरूमध्ये १६ जनाको बयान पूरा भएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र ललितपुर घर भएका विष्णुजंग बस्नेत सहित ८ जनाको बयान लिन बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतले भने, ‘प्रसाईँ र अन्य ७ जनाको बयान प्रक्रियामा छ ।’
दुर्गा प्रसाईँले यसअघि लघुवित्त पीडितहरूको नेतृत्व गर्दै बल्खुमा प्रदर्शन गरेका थिए । उनी लघुवित्त प्रभावितहरूको आवाज छाडेर पुर्वराजा फर्काउने अभियानमा लागेपछि अनुसन्धान अधिकृत र सरकारी वकिल कार्यालयका अधिकारीहरूले उनलाई त्यसबारे पनि प्रश्न सोध्ने तयारी गरेका छन् ।
प्रसाईँलाई सोध्ने प्रश्न तयार भइरहेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका एक जना अधिकृतले बताए । ती अधिकृत भन्छन्, ‘प्रसाईँका बयान पुरा हुन समय लाग्छ, हामी प्रश्न तयार गर्दै छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण