सशस्त्रका ११ जना एसएसपीको सरुवा, इन्टेलिजेन्स ब्युरोमा खड्का
बिहीबार, ११ वैशाख २०८२, १८ : ३२

काठमाडौं । सशस्त्र प्रहरीका ११ जना एसएसपीहरुको सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले एसएसपीहरुको सरुवा गरेका हुन् ।
पोखरा स्थित हुलदंगा व्यवस्थापन तालिम शिक्षालयमा उद्धव बहादुर न्यौपानेलाई सरुवा गरिएको छ ।
सशस्त्रको मुख्यालय स्थित एपिएफ इन्टेलिजेन्स ब्यूरोमा राजेन्द्र खड्का, युएन मिशन तालिम शिक्षालय ककनीमा किरण ढुंगाना र विप्द व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा भरत खनियाँलाई पठाइएको छ ।
प्रबन्ध महाशाखामा किरण घिमिरे आएका छन् । मनाङ्ग स्थित पर्वतिय उद्दार तालिम शिक्षालयमा जहर सिंह बुढा मगरलाई सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरानका प्रमुख–उपप्रमुख द्वन्द्व के हो ?
-
इजरायलमा रहेका नेपाली भन्छन् : अहिलेसम्मकै खतरनाक युद्ध भोग्यौँ
-
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बने करन केसी
-
प्रहरीले आचरण विपरीत सार्वजनिक गर्यो दिलभूषण पाठकको पक्राउ पुर्जीको सूचना
-
मन्त्रालयको सिफारिस जाइकाले उल्ट्यायाे, राजनीतिक हस्तक्षेपको आशंका
-
फर्पिङबाट लागुऔषध सहित दुई जना पक्राउ