पाकिस्तानी हिन्दुहरूको भिसाबारे भारतको विदेश मन्त्रालयले दियो यस्तो स्पष्टीकरण
नयाँ दिल्ली । पहलगाम आक्रमणपछि सबै पाकिस्तानी नागरिकहरूको भिसा रद्द भएपछि, भारतीय विदेश मन्त्रालयले पाकिस्तानी हिन्दुहरूको दीर्घकालीन भिसाबारे स्पष्टीकरण जारी गरेको छ।
मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार रद्द गरिएको भनिएका भिसाहरू पाकिस्तानका हिन्दु नागरिकहरूलाई पहिले नै दिइएको एलटीभीमा लागू हुने छैन । यी भिसाहरू अझै पनि मान्य भएको बताइएको छ । अब पाकिस्तानी नागरिकहरूले सार्क भिसा छुट योजना अन्तर्गत जारी गरिएको भिसा (एसवीईएस)को आधारमा भारत यात्रा गर्न पाउने छैनन् भनेर यसअघि विदेश सचिव विक्रम मिश्रीले बुधबार भनेका थिए ।
उनले भनेका थिए, ‘एसवीईएस अन्तर्गत, पाकिस्तानी नागरिकहरूलाई पहिले जारी गरिएको भिसा रद्द मानिनेछ । एसवीईएसअन्तर्गत भारतमा रहेका सबै पाकिस्तानी नागरिकहरूले ४८ घण्टा भित्र भारत छोड्नुपर्नेछ ।’
मंगलबार जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा २६ जनाको मृत्यु र धेरै घाइते भएपछि भारतले यो कदम चालेको हो । गएको बुधबार नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस)को बैठकमा कयौँ निर्णयहरू लिइएका थिए, जसमध्ये एउटा पाकिस्तानी नागरिकहरूको भिसा रद्द गर्नेबारे थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण