क्यान्सरको फलोअपमा गएका राप्रपा महामन्त्री धवल शमशेर राणाको रिपोर्ट ‘अल क्लियर’
काठमाडौँ । चिकित्सकहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा धवल शमशेर राणाको स्वास्थ्यमा कुनै समस्या नरहेको रिपोर्ट दिएका छन् । मुम्बइस्थित 'हेड एन्ड नेक क्यान्सर इन्स्टिच्युट अफ इन्डिया' मा फलोअपका लागि पुगेका राणालाई चिकित्सकले ‘अल क्लियर’ भनेर रिपोर्ट दिएको राणाको भनाइ उद्धृत गर्दै राप्रपाका सहायक महामन्त्री ऋषि राज देवकोटाले जानकारी दिए ।
‘स्वास्थ्य फलोअप’ मा जानुभएका पार्टी महामन्त्री तथा आन्दोलन परिचालन समिति संयोजक डा धवल शमशेर राणाको स्वास्थ्यमा केही समस्या नदेखिएको रिपोर्टसहित डाक्टरले अल क्लिअर भनेको भर्खरै जानकारी आएको छ’, उनले शुक्रबार बिहान भने ।
गत चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेका राणा केही दिनअघि मात्रै क्यान्सरकै फलोअप उपचारका लागि रिहा भएका थिए । रिहा भएलगत्तै बुधबार उनी मुम्बई गएका थिए ।
राप्रपा नेता राणालाई गिजामा क्यान्सर देखिएपछि गत असोजमा 'हेड एन्ड नेक क्यान्सर इन्स्टिच्युट अफ इन्डिया' शल्यक्रिया भएको थियो । त्यतिबेला उनले करिब ३ महिना भारतमा उपचार गराएका थिए । तर शक्लक्रिया गराएको ठाउँमा मासुको डल्लोस्तो पलाएकामा अहिले चिकित्सकले सबै अवस्था सामान्य रहेको रिपोर्ट दिएकाे बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण