सामुदायिक विद्यालयको नतिजामा सन्तोष गर्ने ठाउँ छैन : मुख्यमन्त्री आचार्य
शुक्रबार, १२ वैशाख २०८२, १२ : ३०

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले त्रिपक्षीय सहकार्यले मात्र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन सकिने बताएका छन्।
पाल्पास्थित रामतुलसी नमुना माध्यमिक विद्यालयमा आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले शिक्षक, अभिभावक र विद्यार्थीबिचको सहकार्यले मात्र विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सकिने धारणा राखेका हुन् ।
उनले सामुदायिक विद्यालयको नतिजा खुम्चिएको बताउँदै यसले चिन्ता थपेको बताए। नतिजा सुधार्न गुणस्तरीय शिक्षा आवश्यक रहेको र यसका लागि शिक्षकको भूमिका बढाउन जरुरी रहेको उनको भनाइ छ ।
उनले सामुदायिक विद्यालयको नतिजामा सन्तोष गर्ने ठाउँ नभएकोले अव सन्तोष गर्ने अवस्थामा पुर्याउन मेहनत बढाउन जरुरी बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप