सामुदायिक विद्यालयको नतिजामा सन्तोष गर्ने ठाउँ छैन : मुख्यमन्त्री आचार्य
शुक्रबार, १२ वैशाख २०८२, १२ : ३०
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले त्रिपक्षीय सहकार्यले मात्र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन सकिने बताएका छन्।
पाल्पास्थित रामतुलसी नमुना माध्यमिक विद्यालयमा आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले शिक्षक, अभिभावक र विद्यार्थीबिचको सहकार्यले मात्र विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सकिने धारणा राखेका हुन् ।
उनले सामुदायिक विद्यालयको नतिजा खुम्चिएको बताउँदै यसले चिन्ता थपेको बताए। नतिजा सुधार्न गुणस्तरीय शिक्षा आवश्यक रहेको र यसका लागि शिक्षकको भूमिका बढाउन जरुरी रहेको उनको भनाइ छ ।
उनले सामुदायिक विद्यालयको नतिजामा सन्तोष गर्ने ठाउँ नभएकोले अव सन्तोष गर्ने अवस्थामा पुर्याउन मेहनत बढाउन जरुरी बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण