ललितपुर महानगरको विकास कसैले रोकेर रोकिँदैन: मेयर महर्जन
ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिको विकास कसैले रोकेर नरोकिने बताएका छन् । ०७२ सालमा गएको भूकम्पको संस्मरणमा ललितपुर महानगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ललितपुर महानगरपालिकाको विकास निर्माण रेगुलर बिजनेस भएको जिकिर गरे ।
उनले आपत् विपद् आउँदा अति राम्रोसँग नगरवासीको सेवा गर्न सक्नुपर्ने बताए । नेपालमा रहेका २ सय ९३ वटा पालिकाहरुमध्ये विपद्को व्यवस्थापन र विपद्पछि त्यसलाई सम्बोधन गर्ने अवयवहरूमा ललितपुर महानगरपालिका अब्बल रहेको दाबी गरे । यसको आधार महानगरपालिकाले एकै छानामुनि विपद्को व्यवस्थापन गरेको दाबी गरे । कुनैपनि घटना हुनासाथ उद्धारका लागि चुस्त दुरुस्तका साथ अघि बढेको बताए ।
प्रमुख महर्जनले ट्राफिक जाममा अल्झिनु नपरेको अवस्थामा महानगरपालिकाबाट दिनुपर्ने सेवा ४ मिनेटभित्रमा दिइसक्ने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण