‘प्रधानमन्त्री र मन्त्रीहरूले कति सम्पत्ति पुर्याएपछि सार्वजनिक गर्नुहुने हो ?’
शुक्रबार, १२ वैशाख २०८२, १४ : ४१
काठमाडौँ । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको १० महिनासम्म पनि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नभएको विषय संसदमा उठाएको छ ।
माओवादी नेता वर्षमान पुनले पार्टीका तर्फबाट धारणा राख्दै १० महिनासम्म पनि सम्पत्ति सार्वजनिक नभएकोमा आपत्ति जनाएका हुन् ।
यसले सुशासनको धज्जी उडाएको उनले बताए । ‘सरकार निर्माण भएको १० महिनासम्म पनि सम्पत्ति विवरण सार्वजनिक भएको छैन । कति सम्पत्ति आर्जन गरेपछि सार्वजनिक गर्ने योजना बनाउनु भएको छ, कृपया जानकारी गराइदिनुहोला,’ पुनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण