युक्रेनमा युद्ध अन्त्य गर्न अमेरिकासँग सम्झौताका लागि तयार भयो रुस
काठमाडौँ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेन युद्ध अन्त्य गर्न रुस अमेरिकासँग सम्झौता गर्न तयार रहेको बताएका छन् ।
यद्यपि, केही तत्वहरूलाई उचित रूपमा समायोजन गर्न आवश्यक रहेको उनले स्पष्ट पारे । ‘अमेरिकाका राष्ट्रपति विश्वस्त छन् र म पनि विश्वस्त छुँ कि हामी सही दिशामा अघि बढिरहेका छौं,’ उनले बीबीसीको अमेरिका सम्बद्ध सीबीएसलाई भने ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ रुस पुगेका छन् । मस्कोमा उनले राष्ट्रपति पुटिनलाई भेटेर उनीसँग वार्ता गर्न सक्ने खबर आइरहेको छ ।
युक्रेनको किभका मेयर भिटाली क्लिट्स्कोले रुससँगको कुनै पनि शान्ति सम्झौताको भागको रूपमा देशले आफ्नो भूभाग त्याग्नुपर्ने हुन सक्ने चेतावनी दिएका थिए ।
आफ्नो भुभाग नै गुमाएर रुससँगको शान्ति सम्झौता गर्ने सोचमा युक्रेन छैन । तर यही शर्तमा भएपनि युद्ध विराम गराउने पक्षमा अमेरिकी राष्ट्रपति ट्रम्प छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण