युक्रेनमा युद्ध अन्त्य गर्न अमेरिकासँग सम्झौताका लागि तयार भयो रुस

काठमाडौँ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेन युद्ध अन्त्य गर्न रुस अमेरिकासँग सम्झौता गर्न तयार रहेको बताएका छन् ।
यद्यपि, केही तत्वहरूलाई उचित रूपमा समायोजन गर्न आवश्यक रहेको उनले स्पष्ट पारे । ‘अमेरिकाका राष्ट्रपति विश्वस्त छन् र म पनि विश्वस्त छुँ कि हामी सही दिशामा अघि बढिरहेका छौं,’ उनले बीबीसीको अमेरिका सम्बद्ध सीबीएसलाई भने ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ रुस पुगेका छन् । मस्कोमा उनले राष्ट्रपति पुटिनलाई भेटेर उनीसँग वार्ता गर्न सक्ने खबर आइरहेको छ ।
युक्रेनको किभका मेयर भिटाली क्लिट्स्कोले रुससँगको कुनै पनि शान्ति सम्झौताको भागको रूपमा देशले आफ्नो भूभाग त्याग्नुपर्ने हुन सक्ने चेतावनी दिएका थिए ।
आफ्नो भुभाग नै गुमाएर रुससँगको शान्ति सम्झौता गर्ने सोचमा युक्रेन छैन । तर यही शर्तमा भएपनि युद्ध विराम गराउने पक्षमा अमेरिकी राष्ट्रपति ट्रम्प छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते