मुम्बईमा लगेर चेलीबेटी बेच्ने आरोपी ३० वर्षपछि पक्राउ
काठमाडौँ । मुम्बईको वेश्यालयमा लगेर नेपाली महिलालाई बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मानेभञ्ज्याङ घर भएका ६७ वर्षीय चमार तामाङ उर्फ चमारे छन् ।
उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको मानव बेचबिखन ब्युरोका एसपी नरेन्द्र कुँवरले रातोपाटीलाई बताए ।
काठमाडौँमा गलैँचा बुनेर बस्ने महिलालाई तामाङले ‘तिमीले हङकङ गएर सुन ल्याउन सक्छौ’ भनेर २०४४ मा काठमाडौँबाट मुम्बईमा लगेका थिए । मुम्बईमा रिता तामाङले सञ्चालन गरेको कोठीमा लगेर ती महिलालाई ८० हजारमा बेचबिखन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
पीडितले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा जाहेरी दिएकी थिइन् । सिन्धुपाल्चोक प्रहरीले पठाएको मिसिलको आधारमा ब्युरोले अनुसन्धान गरेर उनलाई पक्राउ गरेको हो ।
वैशाख ११ मा पक्राउ परेका आरोपी विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी कुँवरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम समाप्त भएको ट्रम्पको चेतावनी
-
सफ्टवेयरको काम गर्ने बहानामा अनलाइन जुवा र सट्टेबाजी, भारतीयसहित ८ जना पक्राउ
-
यूएई पठाएर विद्यार्थीलाई ठगी गर्ने ९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ
-
मनसुनजन्य विपद्अघि बागमती सरकार सक्रिय : राहत सामग्री भण्डारण, सुरक्षा संयन्त्र ‘हाई अलर्ट’
-
गणेश नेपालीको आत्मदाह प्रकरण : सोधपुछ पछि ३ नगर प्रहरी रिहा
-
पशुपतिमा साउने सोमबारको तयारी सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण