मुम्बईमा लगेर चेलीबेटी बेच्ने आरोपी ३० वर्षपछि पक्राउ

काठमाडौँ । मुम्बईको वेश्यालयमा लगेर नेपाली महिलालाई बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मानेभञ्ज्याङ घर भएका ६७ वर्षीय चमार तामाङ उर्फ चमारे छन् ।
उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको मानव बेचबिखन ब्युरोका एसपी नरेन्द्र कुँवरले रातोपाटीलाई बताए ।
काठमाडौँमा गलैँचा बुनेर बस्ने महिलालाई तामाङले ‘तिमीले हङकङ गएर सुन ल्याउन सक्छौ’ भनेर २०४४ मा काठमाडौँबाट मुम्बईमा लगेका थिए । मुम्बईमा रिता तामाङले सञ्चालन गरेको कोठीमा लगेर ती महिलालाई ८० हजारमा बेचबिखन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
पीडितले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा जाहेरी दिएकी थिइन् । सिन्धुपाल्चोक प्रहरीले पठाएको मिसिलको आधारमा ब्युरोले अनुसन्धान गरेर उनलाई पक्राउ गरेको हो ।
वैशाख ११ मा पक्राउ परेका आरोपी विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी कुँवरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
-
पर्वतका मल्लद्वारा पाँचौँ पटक सगरमाथाको आरोहण
-
आराध्य बने ‘युसिमास च्याम्पियन अफ दी च्याम्पियन’
-
वैचारिक रूपमा स्पष्ट वैकल्पिक पार्टी अहिलेको आवश्यकता : मानुषी यमी भट्टराई
-
१० बजे १० समाचार : सकसमा गृहमन्त्री, मधेसमा कांग्रेसको आँखा
-
हजुरबुबा ज्ञानेन्द्रसँगै किन नारायणहिटी पुगे हृदयेन्द्र शाह ?