पुटिन र ट्रम्पका दूतबीच मस्कोमा ३ घण्टा कुराकानी, रचनात्मक बैठक भएको रुसी प्रतिक्रिया
काठमाडौं । एक जना रुसी सहयोगीले राष्ट्रपति भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पका दूतबीच रचनात्मक बैठक भएको बताएका छन् । जसलाई उनले अति उपयोगी समेत भनेका छन् ।
पुटिनका सहयोगी यूरी उशाकोभका अनुसार अमेरिकी दूत स्टीभ विटफोक र पुटिनबीच मस्कोमा तीन घण्टा रचनात्मक वार्ता भएको हो । उशाकोभले रुस र युक्रेनबीच सीधा वार्ता फेरि सुरु हुने सम्भावना चर्चाको मुख्य विन्दु रहेको बताएका छन् । उनले भने, ‘रुस, अमेरिका र युक्रेन मात्रै नभई अन्य अन्तर्राष्ट्रिय मुद्दामाथि समेत निकटस्थता बढेको छ ।’
अमेरिकाले बैठकका दौरान भएको छलफलबारे कुनै विवरण जारी गरेको छैन । यद्यपि, राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षबीच शान्ति सम्झौता गराउने काम पुनः चलेको बताएका छन् ।
उता, युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्किीले सहयोगीसँग रुसमाथि अधिक दबाब दिन आग्रह गरेका छन् । उनले अमेरिकाद्वारा प्रस्तुत हालैको अस्थायी युद्धविराममा मस्को सहमत हुन असफल रहेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण