शिक्षक आन्दोलनमा शिक्षकहरूबिच कुटाकुट, एकजना घाइते
शनिबार, १३ वैशाख २०८२, १७ : ४१
काठमाडौँ । काठमाडौँमा जारी शिक्षक आन्दोलनमा शिक्षकहरूबिच नै विवाद र कुटपिट हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय केशवराज जोशी रहेका छन् ।
जिल्ला कैलाली धनगढी उप-महानगरपालिका-१ घर भएका जोशी धनगढी-१२ स्थित श्री दुर्गा आधारभूत माध्यमिक विद्यालयमा पढाउँछन् । प्रहरी वृत्त नयाँ बानेश्वारका अनुसार शनिबार दिउँसो करिब १ बजे बिजुलीबजारमा जारी नेपाल शिक्षक महासंघको आन्दोलनमा आएका जोशी र अन्य शिक्षकबिच आपसी मतभेद भएको थियो ।
उनलाई अन्दाजी १५/२० जना शिक्षकहरूले कुटपिट गरी घाइते बनाएको प्रहरीको भनाई छ । उनलाई तत्काल उपचारको लागि मिनभवनस्थित सिभिल अस्पतालमा ल्याएर उपचार भइरहेको छ ।
उनी बोल्न सक्ने अवस्थामा भए पनि टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण