३३ औँ उपाधिबाट एक जित टाढा बायर्न
आइतबार, १४ वैशाख २०८२, ०६ : २३
म्युनिख । माइन्जलाई घरेलु मैदानमा हराउँदै बायर्न म्युनिख बुन्डेस लिगाको उपाधिबाट मात्र एक जित टाढा पुगेको छ । शनिबार राति भएको खेलमा बायर्नले ३–० को सहज जित हात पारेको हो ।
खेलको २७ औँ मिनेटमा लेरोय सानेले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ४० औँ मिनेटमा माइकल ओलेसेले टोलीको अग्रता दोब्बर बनाए । खेलको ८४ औँ मिनेटमा एरिक डायरले तेस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गरे ।
शनिबार साबिक विजेता बायर लेभरकुजनले अंक गुमाएको भए बायर्न लिग च्याम्पियन बन्ने थियो । तर, ज्याभी ओलोन्सोको टोलीले अग्सबर्गलाई २–० गोलले हरायो । योसँगै दुई टोलीबिच ८ अंकको दुरी कायम रहेको छ ।
अर्को हप्ता भने लेभरकुजनको खेलको नतिजा जे भए पनि बायर्नले आरबी लेइपजिगलाई हराए टोलीले कीर्तिमान ३३ औँ लिग उपाधि जित्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण