३३ औँ उपाधिबाट एक जित टाढा बायर्न
आइतबार, १४ वैशाख २०८२, ०६ : २३

म्युनिख । माइन्जलाई घरेलु मैदानमा हराउँदै बायर्न म्युनिख बुन्डेस लिगाको उपाधिबाट मात्र एक जित टाढा पुगेको छ । शनिबार राति भएको खेलमा बायर्नले ३–० को सहज जित हात पारेको हो ।
खेलको २७ औँ मिनेटमा लेरोय सानेले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ४० औँ मिनेटमा माइकल ओलेसेले टोलीको अग्रता दोब्बर बनाए । खेलको ८४ औँ मिनेटमा एरिक डायरले तेस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गरे ।
शनिबार साबिक विजेता बायर लेभरकुजनले अंक गुमाएको भए बायर्न लिग च्याम्पियन बन्ने थियो । तर, ज्याभी ओलोन्सोको टोलीले अग्सबर्गलाई २–० गोलले हरायो । योसँगै दुई टोलीबिच ८ अंकको दुरी कायम रहेको छ ।
अर्को हप्ता भने लेभरकुजनको खेलको नतिजा जे भए पनि बायर्नले आरबी लेइपजिगलाई हराए टोलीले कीर्तिमान ३३ औँ लिग उपाधि जित्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाइसिएल मकवानपुरको जिल्ला सम्मेलन २२ गते हुने
-
राजतन्त्र फर्काउने सपना देख्नेहरुविरुद्ध मजदुर वर्ग एकताबद्ध रुपमा लाग्नुपर्छ : प्रधानमन्त्री
-
यो सिजन चम्केका ५ ओपनर जोडी
-
वन्यजन्तु संरक्षणमा सेनाको ५० वर्ष
-
वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयो : कमल थापा
-
अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन सुरु