सरकारले आफ्नो आयुको भन्दा उपलब्धीको चर्चा गरोस् : सांसद मनिष झा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारलाई आफ्नो आयुको भन्दा उपलब्धीको चर्चा गर्न चुनौती दिएका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद झाले यस्तो चुनौती दिएका हुन् । उनले सरकारले आफ्नो उपलब्धी सुनाउयो भने सरकारको आयुबारे थाहा हुने टिप्पणी गरे ।
विश्व समुदायमा अर्थतन्त्र र सम्भावित युद्धको बारेमा चर्चा भइरहँदा नेपालका उद्योगमन्त्री चुरोट र रक्सिको लाइसेन्स कतिमा बेच्ने ? भनेर चर्चा गरिरहेको आरोप समेत लगाए ।
उनले भने,‘सरकारले आफ्नो उपलब्धीको चर्चा धेरे गरोस् आफ्नो आयुको भन्दा भन्ने चुनौती पनि दिन चाहन्छु । यति महिनामा हाम्रो सरकारले यो यो गर्यो भनेर परिणामहरु सुनाउनु भयो भने अझै राम्रो सुनिन्थ्यो होला । सरकार ढल्छ कि ढल्दैन भनेर । विश्वजगत एउटा अर्थतन्त्रले तरंगित भएको छ । अहिले सबै देशले अमेरिकासँगको व्यापारको बारेमा वा चीनसँगको निकासी पैठारीको बारेमा वा भारत र पाकिस्तानबीचको सम्भावित यद्धले पार्ने प्रभावको बारेमा यो चर्चा भइरहेको छ । तर हाम्रो उद्योगमन्त्रीहरु चुरोट र रक्सिको लाइसेन्स कतिमा बेच्ने भनेर चर्चा गरिरहनु भएको छ ।’
सरकार गठन हुँदाको सात बुँदे सम्झौता सत्तरुढ दलहरुले नै बिर्सिसकेको उनको जिकिर छ । उनले वर्तमान सरकार सहकारीमा देखिएका समस्याहरु समाधान गर्ने नाउमा नयाँ दलका नेतालाई थुन्ने काम गरेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण