इरानको बन्दरगाहमा भएको विस्फोटमा मारिनेको संख्या १८ पुग्यो
आइतबार, १४ वैशाख २०८२, १४ : १५
काठमाडौँ । दक्षिणी इरानको बान्दर अब्बास सहरको शाहिद राजाई बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या १८ पुगेको छ भने ८०० जनाभन्दा बढी घाइते भएको प्रशासनले जानकारी दिएको छ ।
यो विस्फोट शनिबार बिहान भएको थियो। विस्फोट यति शक्तिशाली थियो कि नजिकैका कार्यालयहरूका झ्यालहरू समेत फुटेका थिए ।
घटनास्थलबाट धेरै तस्बिर र भिडियोहरू बाहिर आएका छन्। मानिसहरू दौडिरहेको र धेरै मानिसहरू सडकमा घाइते अवस्थामा लडिरहेको देख्न सकिन्छ । शाहिद राजाई इरानको सबैभन्दा ठुलो व्यापारिक बन्दरगाह हो ।
विस्फोट के कारणले भयो भनेर अझै खुलेको छैन । सरकारकी प्रवक्ता, फातेमा मोहजेरानीले यसको कारण पत्ता लगाउन केही समय लाग्ने बताइन् ।
उनले भनिन्, ‘हालसम्म बन्दरगाहको कुनामा राखिएका कन्टेनरहरू विस्फोट भएको पत्ता लागेको छ । यसमा रहेका सम्भावित रसायनहरू विस्फोट भएको हुनसक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण