धवलशमशेरको बयान, ‘राज्यविरुद्धको अपराध गरेको छैन’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महमन्त्री तथा प्रतिनिधिसभा सदस्य धवलशमशेर राणा अराजकता मच्चाएर राज्यविरुद्धको अपराध गरेको मुद्दामा अनुसन्धानको दायरामा छन् । काठमाडौँको तीनकुनेमा चैत १५ मा पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा आयोजित प्रदर्शनमा दुई जनाको मृत्यु र भौतिक सम्पत्ति तोडफोड गरिएको थियो । राणामाथि प्रहरीले राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।
दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को ब्यानरमा आयोजित प्रदर्शन स्थलमा राणा अग्रपंतिमा थिए ।
चैत १५ मा पक्राउ परेका राणा वैशाख ७ मा हाजिर जमानीमा रिहा भएका थिए । उनलाई क्यान्सर रोगको उपचार गर्ने प्रयोजनको लागि रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए ।
उनले भने, ‘चिकित्सकहरूको सिफारिसको आधारमा भारतमा उपचार गर्न जानुपर्ने भएको हुनाले उहाँलाई बयान लिएर छाडेका हौँ ।’
अनुसन्धान अधिकृत र सरकारी वकिल कार्यालयका अधिकारीहरूसँगको बयानमा उनले राज्य विरुद्धको कसुरमा आफू संलग्न भएको जिकिर गरेका छन् । बयानमा उनले भने, ‘मैले राज्यविरुद्धको अपराध गरेको छैन ।’
तीनकुनेको प्रदर्शनमा आफू उपस्थित भएको तर, अवाञ्छित गतिविधिमा संलग्न नभएको राणाले बताएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए । उनले बयानमा भनेका छन्, ‘प्रदर्शनमा गएको थिएँ तर, हिंसा भड्काउने गरी गतिविधि गरेको छैन ।’
भारतमा उपचारपछि उनी स्वदेश फर्किँदै छन् । उनको क्यान्सरको रिपोर्ट ‘अल क्लियर’ रहेको परिवारका सदस्यहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण