प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित
काठमाडौँ । प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले आफ्ना धारणा राखे ।
त्यस्तै बैठकमा प्रतिनिधिसभा अन्तर्गतका अर्थ र कानुन न्याय तथा मानवअधिकार समितिका सभापतिले आज सदनमा प्रतिवेदन प्रस्तुत गरे । अर्थ समिति सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन,२०८१’ पेस गरे ।
त्यस्तै कानुन न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ प्रस्तुत गरिन् ।
बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपाल हवाइ सेवा प्राधिकरण विधेयक २०८१, कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री अजय चौरासियाले नेपाल कानुन व्यवसायी परिषद् दोस्रो संशोधन विधेयक २०८१ तथा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैङ्किङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० प्रस्तुत गरे ।
त्यस्तै बैठकले पूर्व राज्यमन्त्री तिर्थराम डङ्गोलको निधनमा प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गर्यो ।सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
उनको उपचारका क्रममा शुक्रबार राति निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण