शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गरेको आरोप लगाएको छ । सो पार्टीले शिक्षक आन्दोलनमाथि दमन भएको भन्दै त्यसको तीव्र निन्दा र घोर भर्त्सना समेत गरेको छ ।
सो पार्टीका कार्यवाहक महासचिव गौरवले आइतबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्न समेत माग गरेका छन् । विज्ञप्तिमा सरकारले शिक्षक महासङ्घसँग गरेका पूर्व सहमतिहरू अविलम्ब लागू गरी विद्यालयमा पठनपाठनको वातावरण बनाउन सरकारसँग जोडदार माग समेत गरिएको छ ।
आइतबार आन्दोलनरत शिक्षक र प्रहरीबिच झडप हुँदा दर्जनौँ शिक्षक कर्मचारी र प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की घाइते भएकी छन् ।
सो पार्टीले तीन दिनभित्र पठनपाठनको वातावरण बनाउन अदालतले सरकारलाई दिएको आदेश समेतको अवज्ञा गरी प्रहरी दमनमा उत्रिएको र व्यवस्थापिकामा विधेयक नै प्रस्तुत नगरी कानुन बनाउने प्रक्रियामा अङ्कुश लगाउने कार्यले सरकार गम्भीर फाँसीवादको बाटोमा अघि बढेको समेत आरोप लगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण