शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गरेको आरोप लगाएको छ । सो पार्टीले शिक्षक आन्दोलनमाथि दमन भएको भन्दै त्यसको तीव्र निन्दा र घोर भर्त्सना समेत गरेको छ ।
सो पार्टीका कार्यवाहक महासचिव गौरवले आइतबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्न समेत माग गरेका छन् । विज्ञप्तिमा सरकारले शिक्षक महासङ्घसँग गरेका पूर्व सहमतिहरू अविलम्ब लागू गरी विद्यालयमा पठनपाठनको वातावरण बनाउन सरकारसँग जोडदार माग समेत गरिएको छ ।
आइतबार आन्दोलनरत शिक्षक र प्रहरीबिच झडप हुँदा दर्जनौँ शिक्षक कर्मचारी र प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की घाइते भएकी छन् ।
सो पार्टीले तीन दिनभित्र पठनपाठनको वातावरण बनाउन अदालतले सरकारलाई दिएको आदेश समेतको अवज्ञा गरी प्रहरी दमनमा उत्रिएको र व्यवस्थापिकामा विधेयक नै प्रस्तुत नगरी कानुन बनाउने प्रक्रियामा अङ्कुश लगाउने कार्यले सरकार गम्भीर फाँसीवादको बाटोमा अघि बढेको समेत आरोप लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन