अनेरास्ववियुमा पनि उठ्यो उमेरहदको बहस

काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुले विधान संशोधनका लागि १० सदस्यीय कार्यदल गठन गरेको छ । शनिबार बसेको सचिवालय बैठकले महासचिव नरेश रोकायको नेतृत्वमा उपसमिति गठन गरेको सचिव तथा प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए । पौडेलका अनुसार उपसमितिमा सचिवहरू र सङ्गठन विभाग प्रमुख रहेका छन् ।
बैठकमा उमेर हद लगाउनेबारे छलफल भएको तर कुनै निष्कर्षमा नपुगेको उनले बताए । ‘सचिवालयका बहुमत सदस्य उमेर हदको पक्षमा देखिएका छन् । केहीले उमेर हद लगाउने भन्दा पनि खुला गर्नुपर्ने पक्षमा देखिएका छन् । तर औपचारिक प्रस्ताव कसैको पनि आएको छैन । उमेर हद लगाउने वा नलगाउने विषयमा उपसमितिले प्रतिवेदन पेस गर्नेछ । महाधिवेशनमा पेस गर्ने गरी संशोधन प्रस्ताव तयार गर्न उपसमितिलाई निर्देशन दिइएको छ’, प्रवक्ता पौडेलले रातोपाटीसँग भने ।
अनौपचारिक रूपमा अधिकांशले ३२ वा ३३ वर्ष उमेर हद लगाउनुपर्ने धारणा राखेको र केहीले ३० वर्ष लगाउनुपर्ने मत पनि आएको पनि उनले जानकारी दिए । अध्यक्ष समिक बडाल लगायत बहुसङ्ख्यक सदस्य उमेर हद लगाउनुपर्ने पक्षमा देखिएका छन् । महासचिव रोका लगायत केही उमेर हदको विपक्षमा उभिएका छन् ।
अनेरास्ववियुमा १७ जना पदाधिकारी र तीन जना आयोगका प्रमुखसहित २० सदस्यीय सचिवालय रहेको छ । विद्यार्थी सङ्गठनमा उमेर हद लगाउनुपर्ने पक्षमा सबैभन्दा पहिला अनेरास्ववियुले वकालत गरेपछि नेविसंघ तथा अनेरास्ववियु (क्रान्तिकारी) ले कार्यान्वयन गर्दा त्यसको नैतिक दबाब रहेको पौडेलले सुनाए । अखिल क्रान्तिकारीको काठमाडौँमा सम्पन्न २३ औँ राष्ट्रिय सम्मेलनले ३२ वर्षे उमेर हद लगाएको थियो । अनेरास्ववियुको महाधिवेशन आगामी जेठ २५ देखि २७ गतेसम्म काठमाडौँमा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता