अनेरास्ववियुमा पनि उठ्यो उमेरहदको बहस
काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुले विधान संशोधनका लागि १० सदस्यीय कार्यदल गठन गरेको छ । शनिबार बसेको सचिवालय बैठकले महासचिव नरेश रोकायको नेतृत्वमा उपसमिति गठन गरेको सचिव तथा प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए । पौडेलका अनुसार उपसमितिमा सचिवहरू र सङ्गठन विभाग प्रमुख रहेका छन् ।
बैठकमा उमेर हद लगाउनेबारे छलफल भएको तर कुनै निष्कर्षमा नपुगेको उनले बताए । ‘सचिवालयका बहुमत सदस्य उमेर हदको पक्षमा देखिएका छन् । केहीले उमेर हद लगाउने भन्दा पनि खुला गर्नुपर्ने पक्षमा देखिएका छन् । तर औपचारिक प्रस्ताव कसैको पनि आएको छैन । उमेर हद लगाउने वा नलगाउने विषयमा उपसमितिले प्रतिवेदन पेस गर्नेछ । महाधिवेशनमा पेस गर्ने गरी संशोधन प्रस्ताव तयार गर्न उपसमितिलाई निर्देशन दिइएको छ’, प्रवक्ता पौडेलले रातोपाटीसँग भने ।
अनौपचारिक रूपमा अधिकांशले ३२ वा ३३ वर्ष उमेर हद लगाउनुपर्ने धारणा राखेको र केहीले ३० वर्ष लगाउनुपर्ने मत पनि आएको पनि उनले जानकारी दिए । अध्यक्ष समिक बडाल लगायत बहुसङ्ख्यक सदस्य उमेर हद लगाउनुपर्ने पक्षमा देखिएका छन् । महासचिव रोका लगायत केही उमेर हदको विपक्षमा उभिएका छन् ।
अनेरास्ववियुमा १७ जना पदाधिकारी र तीन जना आयोगका प्रमुखसहित २० सदस्यीय सचिवालय रहेको छ । विद्यार्थी सङ्गठनमा उमेर हद लगाउनुपर्ने पक्षमा सबैभन्दा पहिला अनेरास्ववियुले वकालत गरेपछि नेविसंघ तथा अनेरास्ववियु (क्रान्तिकारी) ले कार्यान्वयन गर्दा त्यसको नैतिक दबाब रहेको पौडेलले सुनाए । अखिल क्रान्तिकारीको काठमाडौँमा सम्पन्न २३ औँ राष्ट्रिय सम्मेलनले ३२ वर्षे उमेर हद लगाएको थियो । अनेरास्ववियुको महाधिवेशन आगामी जेठ २५ देखि २७ गतेसम्म काठमाडौँमा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण