मातातीर्थ औँसीमा गुरुआमाहरूलाई कुटेर सरकारले राम्रो काम गरेन : सांसद सेजुवाल

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले आइतबार मातातीर्थ औँसीका दिन विद्यार्थीहरूलाई पढाउने गुरु आमाहरूलाई कुटेर सरकार र प्रहरीले नराम्रो काम गरेको बताएकी छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा उनले मातातीर्थ औँसीमा माताको पूजा गर्ने दिन दोस्रो माताको रूपमा चिनिने गुरुआमालाई कुट्ने कार्य अनुपयुक्त रहेको बताइन् ।
‘मातातिर्थ औँसीका दिन दोस्रो आमाको रूपमा विद्यार्थीलाई शिक्षा दिलाउने गुरुआमालाई आन्दोलन गरेकोमा कुट्ने काम भएको छ । कानुन निर्माण गरेर सहमतिमा आन्दोलनको समस्या समाधान गर्नुपर्नेमा दबाउन लाठी प्रहार गर्नु अनुपयुक्त हो,’ सांसद सिलवालले भनिन् ।
उनले सरकारलाई यही हो काम भनेर प्रश्न गरिन् । संसद्ले कानुन बनाउन नसक्ने, सरकारले सहमति गरेर शिक्षकका समस्या समाधान गर्न काम गर्न नसक्ने अनि आन्दोलन गर्दा लाठी प्रहार गर्ने उपयुक्त काम नभएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता