मातातीर्थ औँसीमा गुरुआमाहरूलाई कुटेर सरकारले राम्रो काम गरेन : सांसद सेजुवाल
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले आइतबार मातातीर्थ औँसीका दिन विद्यार्थीहरूलाई पढाउने गुरु आमाहरूलाई कुटेर सरकार र प्रहरीले नराम्रो काम गरेको बताएकी छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा उनले मातातीर्थ औँसीमा माताको पूजा गर्ने दिन दोस्रो माताको रूपमा चिनिने गुरुआमालाई कुट्ने कार्य अनुपयुक्त रहेको बताइन् ।
‘मातातिर्थ औँसीका दिन दोस्रो आमाको रूपमा विद्यार्थीलाई शिक्षा दिलाउने गुरुआमालाई आन्दोलन गरेकोमा कुट्ने काम भएको छ । कानुन निर्माण गरेर सहमतिमा आन्दोलनको समस्या समाधान गर्नुपर्नेमा दबाउन लाठी प्रहार गर्नु अनुपयुक्त हो,’ सांसद सिलवालले भनिन् ।
उनले सरकारलाई यही हो काम भनेर प्रश्न गरिन् । संसद्ले कानुन बनाउन नसक्ने, सरकारले सहमति गरेर शिक्षकका समस्या समाधान गर्न काम गर्न नसक्ने अनि आन्दोलन गर्दा लाठी प्रहार गर्ने उपयुक्त काम नभएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण