घाइते अवस्थामा समेत शिक्षकहरू सडक आन्दोलनमा
काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेमा मागसहित देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू विगत २७ दिनदेखि सडक आन्दोलनमा छन् । नेपाल शिक्षक महासङ्घको आह्वानमा १० औँ हजार शिक्षक तथा विद्यालय कर्मचारीहरू काठमाडौँमा सडक आन्दोलन गर्दै आएका हुन् ।
आन्दोलनको क्रममा २६ औँ दिनमा हिजो प्रहरीसँग झडप भएको थियो । झडपका क्रममा ६२ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका थिए । तीमध्ये एक दर्जन बढी शिक्षक तथा विद्यालय कर्मचारीलाई गम्भीर चोट लागेको छ । प्रहरीसँगको झडपपछि घाइते भएका शिक्षकहरू उपचारपछि आज सडक आन्दोलनमा उत्रिएका छन् । सामान्य घाइते भएका शिक्षकहरू मलमपट्टी लगाएर भए पनि सडक आन्दोलनमा उत्रिएका हुन् ।
प्रहरीसँगको झडपपछि महासङ्घले आन्दोलन थप चर्काउने निर्णय गरेको थियो । घरमा रहेका शिक्षकहरूलाई समेत तत्काल काठमाडौँ आउन अनुरोध गरेको थियो । सोही आधारमा विभिन्न क्षेत्रबाट शिक्षकहरू काठमाडौँको आन्दोलनमा थपिएका छन् ।
महासङ्घले शिक्षक–कर्मचारीमाथि प्रहरीले गरेको आक्रमण र ज्यादतीको भर्त्सना गरेको छ । प्रहरी दमनपछि काठमाडौँ आउन बाँकी रहेका शिक्षकहरूलाई आन्दोलनको मोर्चामा आफ्ना साथीहरूको रगत बगिसक्दा पनि अझै घरमै बसिरहेको भन्दै महासङ्घले काठमाडौँ आउन भनेको हो ।
अन्तिम लडाइँमा रहेको बताउँदै यसका लागि सबैको सक्रिय सहभागिता अनिवार्य रहेको महासङ्घले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण