कुलेखानी–सिस्नेरी–छैमले सडक पुनर्निर्माण धमाधम
मकवानपुर । हेटौंडा–काठमाडौँ जोड्ने छोटो दुरीको कुलेखानी–सिस्नेरी–छैमले सडक पुनर्निर्माणको काम धमाधम भइहरेको छ । गत असोजको विपद्बाट क्षति पुगेको उक्त सडक पुनः निर्माणको कामलाई तीव्रता दिइएको हो ।
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विपद् व्यवस्थापन कोष मार्फत बजेट व्यवस्था गरेर उक्त सडक पुनः निर्माणको काम अघि बढाएको हो । असोज १० गतेदेखि १२ गतेसम्मको वर्षाका कारण भरिएको कुलेखानी जलाशय घटाउने क्रममा आएको बाढीका कारण सिस्नेरी खण्डमा क्षति पुगेको थियो ।
बाढीबाट क्षति भएको हेटौँडा कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौँ सडक पुनर्निर्माणका लागि मन्त्रालय मातहतको प्रदेश राजधानी पूर्वाधार विशेष आयोजना मार्फत २ प्याकेजमा ठेक्का आह्वान गरी काम थालिएको छ भने कुलेखानी जलाशय मुनीको पुल पुनः निर्माणका लागि यातायात पूर्वाधार निर्देशनालय मार्फत ठेक्का लगाइएको छ । सो स्थानमा बेलिब्रिज राख्ने गरी तत्काल काम थाल्न मन्त्रालयले निर्देशन समेत दिएको छ ।
गत असोजको बाढी पहिरोले क्षतिग्रस्त बनाएको कुलेखानी जलविद्युत् आयोजनाको बाढीले सिस्नेरी सडकमा क्षति पुर्याएको थियो ।
भारी वर्षासँगै कुलेखानी भरिएपछि ‘ओभर फ्लो’ रोक्न गेट खोल्दा बाढीले इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामको तल्लो भागमा रहेको सिम खोलाको पुलसँगै सडक क्षतिग्रस्त बनाएको थियो । अहिले खोलाबाट डाइभर्सन गरेर हेटौँडा–काठमाडौँ आउजाउ गर्ने सवारीसाधन सवारी सञ्चालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण