मनाइयो चिसा दिवस, चैतसम्ममा तीन अर्ब ५७ करोड बराबरको निर्यात
काठमाडौँ । नेपालमा आज विभिन्न कार्यक्रमसहित २९ औँ राष्ट्रिय चिया दिवस मनाइएको छ । ‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।
नेपालमा इलाम, झापा, पाँचथर, धनकुटा, भोजपुर लगायतका जिल्लामा करिब २० हजार हेक्टर जमिनमा चिया खेती हुँदै आएको छ । नेपालमा उत्पादित चिया वार्षिक ३ अर्ब बराबरको निर्यात हुने गरेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म (९ महिना) को तथ्यांक हेर्ने हो भने ३ अर्ब ५७ करोड ३० लाख ७ हजार रुपैयाँको १ करोड ३० लाख २३ हजार ३१२ किलो चिया निर्यात भएको छ ।
यसमध्ये ३ अर्ब ३३ करोड ७० लाख १० हजार रुपैयाँको १ करोड २८ लाख ८९ हजार ८७८ किलो कालो चिया निर्यात भएको भन्सार विभागले जनाएको छ । यस्तै २३ करोड ५९ लाख ९६ हजार रुपैयाँको १ लाख ३३ हजार ४३४ किलो ग्रिन टी निर्यात भएको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ५ करोड ६२ लाख ७९ हजार रुपैयाँको ७१ हजार ७१४ किलो चिया आयात भएको छ । यसमध्ये ५ करोड २८ लाख २७ हजार रुपैयाँको ६८ हजार ४५१ किलो कालो चिया आयात भएको छभने ३४ लाख ५२ हजार रुपैयाँको ३ हजार २६३ किलो ग्रिन टी आयात भएको छ । सो परिमाणमा चिया आयात हुँदा ३२ हजार ६०६ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण