अम्बानीको कम्पनीका लगानीकर्ताहरूलाई ३० मिनेटमै ६ खर्ब ९० अर्ब भारु फाइदा
नयाँ दिल्ली । सोमबार हप्ताको पहिलो दिनको कारोबारमा भारतीय शेयर बजारमा तीव्र वृद्धि भएको छ । बजार खुल्ने बित्तिकै बीएसई सेन्सेक्स ६५० अंकले बढ्यो भने अर्को प्रमुख शेयर परिसूचक एनएसई निफ्टी पनि बढेर २४ हजार २०० अंकसम्म उक्लियो ।
यसैबिच भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको कम्पनी रिलायन्सको शेयरमा व्यापक वृद्धि देखियो । बिहान बजारमा कारोबार सुरु हुँदा नै रिलायन्सको शेयर ग्रिन जोनमा थियो । आधा घण्टामै यो करिब ४ प्रतिशतले बढ्यो । शेयर मूल्य बढेसँगै कम्पनीको बजार पुँजीकरणमा पनि उछाल आयो ।
योसँगै रिलायन्सको बजार पुँजीकरण १८ खर्ब २८ अर्ब भारुमा उक्लियो । शुक्रबार बजार बन्द हुँदा कम्पनीको बजार पुँजीकरण १७ खर्ब ५९ अर्ब भारु थियो । अर्थात् बजारमा कारोबार सुरु भएको ३० मिनेटमै रिलायन्सका लगानीकर्ताहरूलाई ६ खर्ब ९० अर्ब भारु फाइदा भयो ।
गएको आर्थिक वर्षको अन्तिम त्रैमासमा कम्पनीको आर्थिक प्रदर्शन अपेक्षा गरेभन्दा निकै राम्रोे रह्यो । यसैको असर कम्पनीको शेयर मूल्यमा देखिएको हो । मार्च त्रैमासमा कम्पनीको कन्सोलिडेटेड नेट प्रफिट २ दशमलव ४ प्रतिशतले बढेर १ खर्ब ९४ अर्ब ७ करोड भारुमा उक्लिएको तथ्यांकले देखाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण