सांसद बजगाईंद्वारा नागरिक उड्डयन प्राधिकरण विधेयकउपर १२ बुँदे सुझाव
काठमाडौँ । प्रतिनिधिसभाका सांसद राजेन्द्र बजगाईंले संसदमा विचाराधीन नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयकमा १२ बुँदे सुझाव दिएका छन् । सोमबार प्रतिनिधिसभामा बोल्दै बजगाईंले नागरिक उड्डयन मन्त्रालयको नेतृत्व शैली र प्रस्तावित विधेयकको खाका विषयमा चासो व्यक्त गरेका हुन् ।
बजगाईंले विधेयकले कडा सुरक्षा र निरीक्षण मापदण्ड लागू गर्नुपर्ने, यात्रुहरूका लागि फिर्ती, ढिलाइ र गुनासो निवारणमा स्पष्टता कायम गर्नुपर्ने, पाइलट, चालकदल र एयरलाइन्सका लागि कडाइयुक्त अनुमति प्रक्रिया लागू गर्नुपर्ने, हवाई ट्राफिक नियन्त्रण प्रणालीको आधुनिकीकरण गर्नुपर्ने, निजी लगानी प्रवर्द्धनसहित कडा नियमनको व्यवस्था गर्नुपर्ने तथा विमानस्थल र उडानको सुरक्षा बलियो बनाउने सुनिश्चितता हुनुपर्ने माग गरेका हुन् ।
त्यस्तै एकाधिकार रोकथाम र भाडा दर नियमन, उत्सर्जन कटौती र हरित प्रविधि प्रवर्द्धन, ड्रोन तथा यूएभी सञ्चालनका लागि स्पष्ट नियम, स्वतन्त्र र पारदर्शी दुर्घटना अनुसन्धान प्रक्रिया, अन्तर्राष्ट्रिय उड्डयन सम्झौताहरूको पालना तथा ड्रोन, उड्ने ट्याक्सी र हरित इन्धन प्रवर्द्धनसम्बन्धी विषय समेत विधेयकमा प्रस्ट ढङ्गले समावेश भएर आउनुपर्ने बताएका छन् ।
नेपालको उड्डयन मन्त्रालयलाई नवीनता र सुधारको ठुलो अपेक्षा बोकेको मन्त्रालयको हेरिने भन्दै उनले यस्तो अवस्थामा अन्तर्राष्ट्रिय महासन्धिको मर्मअनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था आईकाओको सिफारिसमा प्रति हुनुपर्ने आवश्यकता उनले औँल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसंघीय चिफ अफ पुलिस समिटमा आईजीपी कार्कीको सम्बोधन
-
बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
-
संसदीय सुनुवाइ समितिले गलत व्यक्तिलाई अस्वीकार गर्न सक्नुपर्छ: आनन्दप्रसाद ढुंगाना
-
प्रविधि र सेवाको नमूना : कसरी स्मार्ट बन्दैछ ललितपुर महानगर ?
-
वास्तविकता बन्दैछ जिन सम्पादनबाट शिशुको जन्म
-
निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरौँ: पद्मा अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण