राजेन्द्र लिङ्देनले भनेको प्रमाण के हो ? ‘नेताका छोरा’ खोज्दा भेटिए चुरोट चोरेर भाग्ने
काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख १२ मा प्रतिनिधिसभामा भने, ‘भाटभटेनीबाट मदिरा लुट्ने कांग्रेस सहमहामन्त्रीका छोरालाई पक्राउ गरेर छोडियो ।’ उनले गृहमन्त्रीलाई चुनौती दिँदै भने, ‘हामीसँग प्रमाण छ ।’
चैत १५ मा भएको लुटबारे गम्भीर प्रश्न उठाएपछि प्रहरीले त्यसबारे पुनः अनुसन्धान गरेको छ । पक्राउ गरिएको तर, स्क्रिनिङ गरेर छाडिएकाहरूको अनुसन्धानबाट थप एक जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँले नियन्त्रणमा लिएको छ । नेताको छोरा खोज्दा भेटिएका आरोपी हुन, दिनेश महतो । २० वर्षीय महतो सिराहको लहान नगरपालिका–४ घर भएर अहिले काठमाडौं–३२ स्थित कोटेश्वरमा बस्छन् ।
सुरुमा पक्राउ परे पनि मुख्य घटनामा संलग्नता पुष्टि नभएपछि उनी हाजिर जमानीमा रिहा भएका थिए ।
प्रहरीले संकलन गरेको थप प्रमाण र सीसीटीभी फुटेज केलाउँदा उनले भाटभटेनीबाट एक बोतल मदिरा र ५ बट्टा चुरोट चोरेर भागेको पुष्टि भएको छ । तर महतो नेताका छोरा नभएका जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्, ‘सामान्य मान्छे हुन्, नेताका छोरा होइनन् ।’
कोटेश्वर क्षेत्रको एउटा होटलमा उनले उधारो मदिरा खाएका रहेछन् । भाटभटेनीबाट चोरेको रक्सी त्यहाँ दिएको र चुरोटचाहिँ आफूले प्रयोग गरेको उनले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । उनले भनेका छन्, ‘विदेशी चुरोट रहेछ, त्यो मैले प्रयोग गरेँ ।’
उनलाई सोमबार आपराधिक उपद्रवसम्बन्धी कसुरमा अदालतबाट १० दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण