भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
सोमबार, १५ वैशाख २०८२, २३ : १६
_JVkBEtcczA.jpg)
काठमाडौँ । मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत र हालै पदमुक्त भएका राज्यमन्त्री पूर्णबहादुर तामाङबिच भएको आरोप प्रत्यारोप गम्भीर भएको भन्दै छानबिन हुनुपर्ने बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत रावलले यस्तो गम्भीर कुराको छानबिन हुनुपर्दैन भन्दै प्रश्न गरेका हुन् ।
रावलले लेखेका छन्–
‘प्र.म. ओली निकट एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले गभर्नर नियुक्तिका लागि हालै पदमुक्त राज्यमन्त्री पूर्ण बहादुर तामाङले २० करोडको खेल गरेको सार्वजनिक रूपमा आरोप लगाएका छन् भने पदमुक्त राज्यमन्त्रीले बस्नेतमाथि गम्भीर प्रश्न उठाएका छन्। यस्तो गम्भीर कुराको छानबिन हुनुपर्दैन र ? कि गठबन्धन सरकारको सुशासन भनेकै यस्तै खेलको झेल हो ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता