भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
सोमबार, १५ वैशाख २०८२, २३ : १६
काठमाडौँ । मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत र हालै पदमुक्त भएका राज्यमन्त्री पूर्णबहादुर तामाङबिच भएको आरोप प्रत्यारोप गम्भीर भएको भन्दै छानबिन हुनुपर्ने बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत रावलले यस्तो गम्भीर कुराको छानबिन हुनुपर्दैन भन्दै प्रश्न गरेका हुन् ।
रावलले लेखेका छन्–
‘प्र.म. ओली निकट एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले गभर्नर नियुक्तिका लागि हालै पदमुक्त राज्यमन्त्री पूर्ण बहादुर तामाङले २० करोडको खेल गरेको सार्वजनिक रूपमा आरोप लगाएका छन् भने पदमुक्त राज्यमन्त्रीले बस्नेतमाथि गम्भीर प्रश्न उठाएका छन्। यस्तो गम्भीर कुराको छानबिन हुनुपर्दैन र ? कि गठबन्धन सरकारको सुशासन भनेकै यस्तै खेलको झेल हो ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण