राजस्थानको विष्फोटक व्याटिङले गुजरातलाई झट्का, सूर्यवंशीले गरे चमत्कार
काठमाडौं । प्लेअफको दौडमा रहेको गुजरात टाइटन्स अन्ततः पराजित भएको छ । राजस्थान रोयल्सविरुद्ध २ सय १० रनको चुनौति पेश गरेको गुजरात ८ विकेटले पराजित भएको हो । जयपुरमा भएको ४७ औँ खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ९ रन बनाएकोमा राजस्थानले १५ ओभर ५ बलमा जम्मा २ विकेट गुमाउँदै २१२ रन बनायो ।
राजस्थानलाई शानदार जित दिलाउन वैभव सूर्यवंशीले शतकीय पाली खेले । आईपीएल इतिहासमा उनले शानदार पाली खेल्ने क्रममा जम्मा ३८ बलमा ५९ मेडन राख्दै ११ छक्का र ४ चौका प्रहार गर्दै १०१ रन बनाए । ओपन यशस्वी जयसवालले अविजित ७० रनको योगदान दिए ।
नितिश राणा ४ रनमा आउट हुँदा कप्तान रियान परागले ३२ रन जोडे । गुजरातका प्रसीद कृष्ण र रशित खानले एक-एक विकेट लिए । यसअघि गुजरातले निर्धारित २० ओभरमा ४ विकेटट गुमाएर २०९ रन बनाएको थियो । जहाँ साई सुदर्शन र कप्तान शुभमन गिलले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरे । सुदर्शनले ३० बलमा ३९ रन जोडे । यस क्रममा उनले ४ चौका र १ छक्का हिर्काए ।
त्यसपछि गिलले जोस बट्लरसँग मिलेर ३८ बलमा ७४ रनको साझेदारी गर्दै टोलीको इनिङ्सलाई अघि बढाए । मात्र ५० बलमा ८४ जोडेर जोडेर गिल आउट हुँदा टोलीले २ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो । गिलले आफ्नो धुँवादार इनिङ्समा ५ चौका र ४ छक्का प्रहार गरे ।
बट्लरले पनि तीव्र गतिमा रन जोडे । उनले मात्र २६ बलको सामना गर्दै ३ चौका र ४ छक्का प्रहार गरेर ५० रन बनाए ।वासिङ्टन सुन्दर १३ रन बनाएर आउट भए भने राहुल तेवाटियाले ९ रन र शाहरुख खानले ५ रन बनाए ।
राजस्थानका लागि महिष थिकशानाले ४ ओभर बलिङ गर्दै ३५ रन खर्चेर २ विकेट लिए । जोफ्रा आर्चर र सन्दीप शर्माले एक–एक विकेट हात पारे । प्लेअप दौडमा रहेको गुजरात फेरि तेस्रो स्थानमै रोकिएको छ । उसको ९ खेलबाट १२ अंक छ । राजस्थान भने १० खेलबाट जम्मा ६ अंक बटुल्दै छैठौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसंघीय चिफ अफ पुलिस समिटमा आईजीपी कार्कीको सम्बोधन
-
बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
-
संसदीय सुनुवाइ समितिले गलत व्यक्तिलाई अस्वीकार गर्न सक्नुपर्छ: आनन्दप्रसाद ढुंगाना
-
प्रविधि र सेवाको नमूना : कसरी स्मार्ट बन्दैछ ललितपुर महानगर ?
-
वास्तविकता बन्दैछ जिन सम्पादनबाट शिशुको जन्म
-
निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरौँ: पद्मा अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण