बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
आईपीएल

बोस बेबी : १४ वर्षका वैभवसामु कुन–कुन रेकर्ड नतमस्तक बने ?

मङ्गलबार, १६ वैशाख २०८२, १० : ०७
मङ्गलबार, १६ वैशाख २०८२

जयपुर । प्लेअफको दौडमा रहेको गुजरात टाइटन्स सोमबार लय गुमाएको राजस्थानलाई हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) को अंक तालिकाको शीर्ष स्थानमा पुग्ने धुनमा थियो । पछिल्ला खेलहरूमा लगातार हार बेहोरिरहेको राजस्थानलाई दोस्रो स्थानमा आसीन गुजरातले सजिलै हराउने धेरैले अनुमान गरेका थिए ।

गुजरातले पहिलो ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा २ सय ९ रनको विशाल योगफल तयार गरेको थियो । यो लक्ष्य राजस्थानलाई पराजित गर्न काफी हुने ठानिएको थियो । तर, १४ वर्षीय वैभव सूर्यवंशीको योजना भने अर्कै थियो ।

vaibhav suryavanshi 3

उनले यस्तो विस्फोटक ब्याटिङको नमुना प्रदर्शन गरे, गुजरातको पूरै टोली उनीसामु नतमस्तक बन्न पुग्यो । सूर्यवंशीले मात्र ३८ बलमा शतक बनाएपछि राजस्थानले २ सय १० रनको लक्ष्य मात्र १५.५ ओभरमा सफलतापूर्वक पछ्यायो ।

पराजयपछि गुजरात तेस्रो स्थानमा खस्किएको छ भने राजस्थान भने पुछारबाट तेस्रो स्थानमा उक्लिएको छ । सोमबारको खेलमा सूर्यवंशीले धेरै रेकर्डहरू पनि तोडेका छन् । हेरौँ केही त्यस्ता रेकर्डहरू:

  • १४ वर्ष ३२ दिन – सोमबार वैभव सूर्यवंशीको उमेर । उनी टी–२० क्रिकेटको इतिहासमा नै शतक बनाउने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । यसअघि, विजय जोलले सन् २०१३ मा मुम्बईविरुद्ध १०९ रन बनाउँदा उनको उमेर १८ वर्ष ११८ दिन थियो ।
  • ३५ – सूर्यवंशीलाई गुजरातविरुद्ध शतक बनाउन लागेको बलको संख्या । आईपीएलमा कुनै पनि ब्याटरले बनाएको दोस्रो चाँडो शतक हो । यसअघि, क्रिस गेलले सन् २०१३ मा पुने वारियर्सविरुद्ध ३० बलमा शतक हिर्काएका थिए । 

कुनै पनि इन्डियन ब्याटरका लागि भने यो नयाँ रेकर्ड हो । यसअघि, युसुफ पठानले सन् २०१० मा मुम्बई इन्डियन्सविरुद्ध ३७ बलमा शतक प्रहार गरेका थिए । सूर्यवंशीको शतक राजस्थानका लागि पनि सबैभन्दा चाँडो हो ।

vaibhav suryavanshi 6

  • १५.५ – राजस्थानलाई २१० रनको लक्ष्य पछ्याउन लागेको ओभरको संख्या । यो पुरुष टी–२० मा कुनै पनि टोलीले सबैभन्दा कम ओभरमा २ सय वा सोभन्दा बढीको लक्ष्य पछ्याएको कीर्तिमान हो । यसअघि सर्रे, रोयल च्यालेन्जर्स बेंगलुरु र पाकिस्तानले १६ ओभरमा यसरी सफलतापूर्वक लक्ष्य पछ्याएका थिए ।
  • ९३.०६ – १०१ रन बनाउँदा सूर्यवंशीले बाउन्ड्रीमा रन बनाएको प्रतिशत । उनले यसमध्ये ९४ रन बाउन्ड्रीबाट बनाएका थिए । पुरुष टी–२० को इतिहासमा कुनै पनि ब्याटरले शतक बनाउँदा बाउन्ड्रीबाट यति धेरै प्रतिशतमा रन बनाएको यो नयाँ कीर्तिमान हो । 

यसअघि, अभिषेक शर्माले सन् २०२४ मा मेघालयविरुद्ध १०६ रन बनाउँदा ९२.४५ प्रतिशत रन बाउन्ड्रीबाट जोडेका थिए ।

  • १ – सूर्यवंशी टी–२० खेलहरूमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडी पनि हुन् । यसअघि, मोहम्मद नबीका छोरा हसन इसखिलले सन् २०२२ मा १५ वर्ष ३६० दिनको उमेरमा अर्धशतक बनाउँदै यो रेकर्ड बनाएका थिए ।
  • १६६ – सूर्यवंशी र यशस्वी जैसवालले पहिलो विकेटका लागि गरेको साझेदारी । राजस्थानका लागि आईपीएलमा यो नयाँ रेकर्ड हो । यसअघि, सन् २०२२ मा जस बट्लर र देवदत्त पडिक्कले दिल्ली क्यापिटल्सविरुद्ध १५५ रनको साझेदारी गरेका थिए ।

399992

  • ११ – सूर्यवंशीले प्रहार गरेको छक्काको संख्या । कुनै पनि आईपीएल इनिङ्समा भारतीय ब्याटरले हिर्काएको सबैभन्दा धेरै छक्काको कीर्तिमानको बराबरी हो । यसअघि, मुरली विजयीले सन् २०१० मा राजस्थानविरुद्ध १ सय २७ रन बनाउँदा ११ वटा नै छक्का हिर्काएका थिए । 

यो राजस्थानका लागि भने नयाँ रेकर्ड हो । यसअघि, सञ्जु सामसनले सन् २०१८ मा बेंगलुरुविरुद्ध १० वटा छक्का प्रहार गरेका थिए ।

  • ८७ – राजस्थानले पावरप्लेमा बनाएको रनको संख्या । आईपीएलमा टोलीका लागि यो पनि नयाँ रेकर्ड हो । यसअघि सन् २०२३ मा टोलीले सनराइजर्स हैदराबादविरुद्ध १ विकेटको क्षतिमा ८५ रन बनाएको थियो ।

vaibhav suryavanshi 4

  • २१० – सोमबार राजस्थानले गुजारतविरुद्ध पछ्याएको लक्ष्य । कुनै पनि टोलीले गुजरातविरुद्ध पछ्याएको सबैभन्दा ठुलो लक्ष्य हो । त्यस्तै, आईपीएलमा राजस्थानले पछ्याएको चौथो ठुलो लक्ष्य हो । प्रतियोगितामा ४ पटक २ सय १० वा सोभन्दा बढीको लक्ष्य पछ्याउने राजस्थान पहिलो टोली बनेको छ । मुम्बई, लखनउ सुपरजायन्ट्स र हैदराबादले ३–३ पटक यो उपलब्धि हात पारेको छ । सबै टी–२० मा मिडलसेक्सले पनि ४ पटक नै यस्तो ठुलो लक्ष्य पछ्याएको छ ।
  • ३० – सूर्यवंशीले आईपीएलमा डेब्यू गरिरहेका करिम जनतको ओभरमा जोडेको रन । कुनै पनि बलरले आईपीएलको आफ्नो पहिलो ओभरमा नै यति धेरै रन खर्चेको यो पहिलो अवसर हो । यसअघि वरुण चक्रवर्तीले २५ रन खर्चेका थिए ।

इएसपीएन क्रिकइन्फोको तथ्यांक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप