‘मायाप्रीति’मा जोडी बन्दै आशीर्वाद र दिव्या
मङ्गलबार, १६ वैशाख २०८२, १३ : ४८
काठमाडौँ । अभिनेता आशीर्वाद क्षेत्री र दिव्या रायमाझीको जोडी पर्दामा देख्न पाइने भएको छ । अवि श्रेष्ठले निर्देशन गर्ने फिल्म ‘मायाप्रीति’मा यी दुईको जोडी देख्न पाइने भएको हो ।
‘नाइँ नभन्नू ल ६’बाट फिल्ममा डेब्यु गरेको क्षेत्री ‘मायाप्रीति’मा जोडिएको निर्माण युनिटले जनाएको छ । यसअघि उनी निरुता सिंहको जोडीको रूपमा फिल्म ‘महावीर’मा जोडिएका थिए ।
केही समयदेखि कार्यशालामा रहेको यो फिल्म ‘वन टु थ्री स्टुडियोज प्रालिको ब्यानरमा बन्न लागेको हो । जेठ पहिलो सातादेखि छायांकन तयारीमा रहेको यो फिल्ममा कार्यकारी निर्माताको रूपमा निशा अधिकारी र सन्तोष कार्की रहेका छन् ।
काठमाडौँ, पोखरा र बन्दीपुरमा छायांकन हुने फिल्ममा नयाँ पुस्ताको प्रेमकथा रहने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण