सवारीसाधन खरिदमा राष्ट्र बैंकको कडाइ, ‘हायर पर्चेज’को डाउन पेमेन्ट दोब्बर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सवारी साधन खरिदमा थप कडाइ गरेको छ । बैंकले ‘हायर पर्चेज’ कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७० को पाँचौँ संशोधन गर्दै यसअघिको लोन–टू–भ्यालु रेसियोलाई घटाएको घटाएको हो ।
यसअघि यस्ता संस्थाले सवारी साधन खरिदमा दिने ऋणको लोन–टू–भ्यालु रेसियो ८० प्रतिशतसम्म थियो । यसको अर्थ कुनै पनि व्यक्तिले सवारी साधनको मूल्यको २० प्रतिशत डाउन पेमेन्ट गरेर किन्नसक्ने अवस्था थियो ।
यो दरलाई अहिले ६० प्रतिशतमा झारिएको छ । यस अनुसार अब ४० प्रतिशत डाउन पेमेन्ट गरेर मात्रै सवारी साधन खरिद गर्न सकिन्छ ।
सरकारले मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत् बैंक तथा वित्तीय संस्थाले इलेक्ट्रिक भेहिकलमा दिँदै आएको ऋणको सीमा घटाएको थियो । अहिले उक्त दर ६० प्रतिशत नै छ । अब हायर पर्चेज कम्पनीमार्फत पनि सोही बराबर मात्रै ऋण लिन सकिने देखिएको हो । यो व्यवस्था विद्युतीय र अन्य सबै प्रकारका सवारी साधनको हकमा लागु हुने राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण