भारतीय चलचित्रबाट निकालिइन् पाकिस्तानी अभिनेत्री हानिया
काठमाडौँ । पहलगाममा भएको आतंकवादी हमलापछि भारतमा सबै पाकिस्तानी कलाकारहरूमाथि पूर्ण प्रतिबन्ध लगाइएको छ ।
हालै फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लइजले कुनै पनि भारतीय नागरिकले उनीहरूसँग काम गरेमा उनीहरूमाथि देशद्रोहको मुद्दा दर्ता गरिने घोषणा गरेको थियो ।
यसैबिच, लोकप्रिय पाकिस्तानी अभिनेत्री हानिया आमिरलाई पनि भारतीय फिल्म सरदार ३ बाट हटाइएको खबर आएको छ । यद्यपि, यसको बाबजुद पनि हानिया आमिरलाई भारतीय गायक बादशाहको गीतको प्रचार गर्दै गरेको देखिएको छ ।
पाकिस्तानी अभिनेत्री हानिया आमिरले दिलजीत दोसांझ र सोनम बाजवा अभिनित भारतीय पञ्जाबी फिल्म सरदार ३ बाट भारतीय सिनेमामा डेब्यू गर्न लागेकी थिइन् । एक महिना अघि मात्र उनले बेलायतमा फिल्मको छायांकन पूरा गरेकी थिइन् ।
तर पहलगाम आतंकवादी हमलापछि, सरदार ३ को अहिले चर्को आलोचना भइरहेको छ। विवादका कारण निर्माताहरूले हानियालाई फिल्मबाट हटाउने निर्णय गरेका छन् । अब हानियासँग छायांकन गरिएका सबै दृश्यहरू अर्को अभिनेत्रीसँग पुनः छायांकन गरिनेछ ।
अप्रिल २७ मा सिन्धु जल सन्धि रद्द भएको बारेमा हानियाले लेखेकी थिइन्, ‘मेरा किसानहरू र मेरो समुदायले पानीको संकटको सामना गरिरहेको देख्दा मेरो मन दुख्छ । सिन्धु हाम्रो जीवन रेखा हो । जनताको भविष्यलाई ध्यानमा राख्दै यो मुद्दा शान्तिपूर्ण रूपमा समाधान गर्न म अनुरोध गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण