अर्थ
आज कति छ सुनचाँदीको मूल्य ?
बुधबार, १७ वैशाख २०८२, १० : २७

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुन र चाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ८८ हजार १०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन छापावाल सुन १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको थियो । जसआधारमा आज सुनकाे मूल्य घटेको हो ।
आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको हो ।
यसअघि महासंघले सार्वजनिक गरेको मूल्य संशोधन भएकाले सोहीअनुसार सच्याइएको छ