नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिश हुने प्रक्षेपण
बुधबार, १७ वैशाख २०८२, १५ : २२
काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा ४.६१ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार राष्ट्रिय लेखा तथ्याङ्कको अनुमान सार्वजनिक गर्दै यस्तो प्रारम्भिक अनुमान गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वृद्धिदर ३.६७ प्रतिशत रहेको थियो । यस्तै सो अवधिमा आधारभूत मूल्यको आर्थिक वृद्धिदर ३.३६ प्रतिशत हुने अनुमान गरिएको छ । साथै देशको समग्र अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुगेको जनाएको छ ।
चालु वर्ष १५१७ डलर पुग्ने कार्यालयले प्रक्षेपण गरेको छ । अघिल्लो आर्थिक वर्ष प्रति व्यक्ति आय १४६७ अमेरिकी डलर रहेको थियो । यसअनुसार चालु वर्षप्रति व्यक्ति आय ५० अमेरिकी डलर बढ्ने प्रक्षेपण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण