नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिश हुने प्रक्षेपण
बुधबार, १७ वैशाख २०८२, १५ : २२

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा ४.६१ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार राष्ट्रिय लेखा तथ्याङ्कको अनुमान सार्वजनिक गर्दै यस्तो प्रारम्भिक अनुमान गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वृद्धिदर ३.६७ प्रतिशत रहेको थियो । यस्तै सो अवधिमा आधारभूत मूल्यको आर्थिक वृद्धिदर ३.३६ प्रतिशत हुने अनुमान गरिएको छ । साथै देशको समग्र अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुगेको जनाएको छ ।
चालु वर्ष १५१७ डलर पुग्ने कार्यालयले प्रक्षेपण गरेको छ । अघिल्लो आर्थिक वर्ष प्रति व्यक्ति आय १४६७ अमेरिकी डलर रहेको थियो । यसअनुसार चालु वर्षप्रति व्यक्ति आय ५० अमेरिकी डलर बढ्ने प्रक्षेपण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
राजदूत घिमिरेद्वारा राजा चार्ल्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि अर्की नेपाली मृत फेला परेपछि एबीभीपीले भन्यो– केआईआईटीविरूद्ध तत्काल कडा कारबाही होस्
-
म्यान्चेस्टर युनाइटेड र टोटनह्याम युरोपा लिगको फाइनल दौडमा
-
युरोप अब ओरालो लागेको अमेरिकाको पछि लाग्नु हुँदैन
-
महाकालीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल