प्रधानमन्त्री ओलीको टिप्पणी– लभ गर्न पनि नपाइने भयो कि क्या हो !
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाही राजतन्त्रको प्रेत कहिल्यै नफर्किने जिकिर गरेका छन् । बुधबार राजधानीको नाचघरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अब राजतन्त्र नफर्किने दाबी गरेका हुन् ।
‘तानाशाहीका प्रेत घरीघरी तर्साउन आइराख्न खोज्छन् । प्रेत कहिल्यै फर्केर आउन सक्दैन । भूतप्रेत भनेको यही हो’, उनले भने, ‘विवाह पनि यिनीहरूले भनेजस्तै गर्नुपर्ने ? लभ गर्न पनि नपाइने भयो कि क्या हो ! तानाशाही बहिस्कार गर्नेको झुन्ड सानो छ । तर ठुलो स्वरले कराउँछन् । तर आजको युगमा सम्भव छैन ।’
कार्यक्रममा उनले अभिनेत्री सुरक्षा पन्तले पूर्व नवयुवराज हृदयन्त्र शाहलाई टिप्पणी गरेको आधारमा राजावादीहरूले फिल्म बहिस्कार गरेकोमा पनि असन्तुष्टि जनाए । रैतीहरूले लोकतन्त्र, वाक स्वतन्त्रता सुन्नै नसक्ने भएकाले एउटा कलाकारले केही बोलेको आधारमा तानाशाहरूले फिल्म बहिस्कार गरेको आरोप लगाए ।
अहिले पनि एउटा सानो झुन्ड राजतन्त्र फर्किन्छ कि भनेर हिँडेकोप्रति उनले व्यङ्ग्य गरे । पहिला पहिला भूतप्रेत भगाउन ढ्याङ्ग्रो ठोक्ने गरेको भन्दै ओलीले तानाशाही भूतप्रेतलाई हटाउन ढ्याङ्ग्रो ठोक्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण