कांग्रेस सभापति देउवालाई भेटे चौथाइवालेले
बुधबार, १७ वैशाख २०८२, १७ : २५
काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीको विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा परराष्ट्रमन्त्रीसमेत रहेकी देउवा पत्नी आरजु राणा पनि सहभागी थिइन् ।
भेटपछि कांग्रेस सभापति देउवाले चौथाइवालेसँगको भेट फलदायी भएको उल्लेख गरेका छन् ।
‘हामीले नेपाल–भारत सम्बन्धको विस्तृत पक्षहरूको समीक्षा गर्यौं र हाम्रो पुरानो साझेदारीलाई अझ बलियो बनाउने उपायहरूबारे छलफल गर्यौँ,’ देउवाले भेटपछि भेटको तस्बिर राख्दै सामाजिक सञ्जालमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण