‘मिसेस नेपाल अस्ट्रेलिया' हुने
काठमाडौँ । हिमाली कल्चर ग्रुप मेलबर्न अस्ट्रेलियाको आयोजना र इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा 'मिसेज नेपाल अस्ट्रेलिया २०२५' हुने भएको छ ।
आयोजकले प्रतियोगिता घोषणासँगै आवेदनसमेत खुला गरेको छ ।
हिमाली कल्चर ग्रुप मेलबर्नले पहिलोपटक गर्न लागेको हो । जहाँ महिलाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र वाक् कलालगायत कार्यक्रम हुने जनाइएको छ ।
नेपालको पर्यटन क्षेत्रमा सहयोग गर्ने हेतुले कार्यक्रम विस्तार गर्न लागिएको आयोजकले भनाइ छ । १० वर्षदेखि अस्ट्रेलियामा रहेर नेपाल र नेपाली समाजका लागि विभिन्न सामाजिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएको हिमाली कल्चर ग्रुपले यस वर्षदेखि निरन्तर रूपमा यस्तो इभेन्ट्स गर्ने बताएको छ ।
कार्यक्रममा ३० जना प्रतियोगी समावेश गराइने र छनोट भएकालाई प्रशिक्षणका क्रममा शारीरिक फिटनेस, जुम्बा, एरोविक्स, सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसन, टेबल म्यानर र व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण दिइने आयोजकले जानकारी दिएको छ ।
स्टेज पर्फमेन्स क्याटवाकलगायत विधामा कोरियोग्राफर रोजीन शाक्यले प्रशिक्षण दिने पनि जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण