‘मिसेस नेपाल अस्ट्रेलिया' हुने

काठमाडौँ । हिमाली कल्चर ग्रुप मेलबर्न अस्ट्रेलियाको आयोजना र इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा 'मिसेज नेपाल अस्ट्रेलिया २०२५' हुने भएको छ ।
आयोजकले प्रतियोगिता घोषणासँगै आवेदनसमेत खुला गरेको छ ।
हिमाली कल्चर ग्रुप मेलबर्नले पहिलोपटक गर्न लागेको हो । जहाँ महिलाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र वाक् कलालगायत कार्यक्रम हुने जनाइएको छ ।
नेपालको पर्यटन क्षेत्रमा सहयोग गर्ने हेतुले कार्यक्रम विस्तार गर्न लागिएको आयोजकले भनाइ छ । १० वर्षदेखि अस्ट्रेलियामा रहेर नेपाल र नेपाली समाजका लागि विभिन्न सामाजिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएको हिमाली कल्चर ग्रुपले यस वर्षदेखि निरन्तर रूपमा यस्तो इभेन्ट्स गर्ने बताएको छ ।
कार्यक्रममा ३० जना प्रतियोगी समावेश गराइने र छनोट भएकालाई प्रशिक्षणका क्रममा शारीरिक फिटनेस, जुम्बा, एरोविक्स, सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसन, टेबल म्यानर र व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण दिइने आयोजकले जानकारी दिएको छ ।
स्टेज पर्फमेन्स क्याटवाकलगायत विधामा कोरियोग्राफर रोजीन शाक्यले प्रशिक्षण दिने पनि जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनए उच्चस्तरीय समितिद्वारा २६४३ जना प्रतिनिधिको सूची सार्वजनिक (नामावलीसहित)
-
बारामा पिकअप भ्यानको ठक्करबाट एक बालकको मृत्यु, दुई घाइते
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ
-
ओलीले झुक्याउने प्रचण्डलाई आशङ्का, त्यसपछि गएनन् सिंहदरबार
-
सरकार र शिक्षक महासंघविचको सहमति, विद्यालय शिक्षक कर्मचारी नै असन्तुष्ट
-
गौरीटापको पर्यटन प्रवर्द्धनका लागि स्पार्क एड्भेञ्चर