बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

आईपीएल : चेन्नईद्वारा पञ्जाबसामु जितका लागि १ सय ९१ रनको लक्ष्य

बुधबार, १७ वैशाख २०८२, २१ : ४९
बुधबार, १७ वैशाख २०८२

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को ४९ औँ खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्ससामु १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले १९.२ ओभरमा सबै विकेटको क्षतिमा १९० रन बनाएको हो । चेन्नईका लागि साम करनले सर्वाधिक ८८ रनको रनको योगदान दिए । उनले मात्र ४७ बलमा ९ चौका र ४ छक्का प्रहार गरे ।

डेवाल्ड ब्रेभिसले २६ बलमा ३२ रन जोडे । उनले २ चौका र १ छक्का हिर्काए । रवीन्द्र जडेजाले १२ बलमा १७ रन तथा साइक रसिद र कप्तान महेन्द्रसिंह धोनीले ११–११ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पञ्जाबका लागि युजवेन्द्र चहलले ३ ओभर बलिङ गर्दै ३२ रन खर्चेर ४ विकेट लिए । अर्शदीप सिंह र मार्को यानसेनले २–२ विकेट तथा अजमतुल्लाह ओमरजाई र हरप्रित ब्रारले १–१ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप