सरकार–शिक्षक सहमति : शिक्षकहरूले निजामती कर्मचारी सरह ग्रेड र रकम पाउने
काठमाडौँ । नेपाल सरकार र आन्दोलनरत शिक्षकहरूबिच ९ बुँदे सहमति भएको छ । सहमतिपछि शिक्षकहरूले यसलाई महत्त्वपूर्ण उपलब्धि भनेका छन् । तर विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म आन्दोलन नरोक्ने अडानबाट पछि हटेको भन्दै शिक्षक नेताहरूको आलोचना गरेका छन् ।
हिजोका सहमति अनुसार अब शिक्षकहरूले समेत निजामती कर्मचारी ग्रेड र तलबमान पाउनेछन् । जुन आगामी आर्थिक वर्ष २०८२/०८३ बाट लागू हुनेछ ।
हिजो भएको सहमति अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकले निजामती सरह ग्रेड संख्या र रकम कायम हुनेछ ।
त्यस्तै स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार साबिक उमावि, प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने छन् ।
त्यस्तै नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने भएको छ । त्यस्तै शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धनमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने सहमति भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेका सहमतिहरू मन्त्रिपरिषद् बैठकबाट समेत अनुमोदन भइसकेकाले कार्यान्वयन जाने शिक्षामन्त्री रघुजी पन्तले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण