सरकार-शिक्षकबिच ९ बुँदे सहमति : राहत शिक्षकले गरे स्वागत
काठमाडौँ । राहत शिक्षकहरूले सरकारसँग भएको सहमतिको स्वागत गरेको छ । बुधबार नेपाल शिक्षक महासङ्घ र शिक्षा मन्त्रालयबिच ९ बुँदे सहमति भएको थियो । उक्त सहमतिमा विद्यालय कर्मचारीहरूले विरोध जनाइरहेका बेला राहत शिक्षकहरूले सहमतिको स्वागत गरेका हुन् ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष नविनसिंह धामीले महासङ्घ र सरकारबिच भएको सम्झौता तथा शिक्षा ऐन जारी गर्ने सन्दर्भमा भएका लिखित प्रतिबद्धतालाई स्वागत गर्ने बताए ।
त्यसका लागि आज समितिको बैठक बसेको थियो । बैठकले उक्त सहमतिलाई स्वागत गर्ने निर्णय गरेको हो । विद्यालय शिक्षा ऐनमा आफूहरूको स्थायित्वको लागि २०८० असोज १२ गते भएका सम्झौता अनुसार प्रबन्ध गर्न लबिङको कामलाई अगाडि बढाउने समेत निर्णय भएको हो ।
आजैदेखि लबिङको कामलाई तीव्रता दिनुका साथै सबै राहत शिक्षकहरूलाई विद्यालय फर्कने निर्णय भएको अध्यक्ष धामीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण