विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु
काठमाडौँ । विभिन्न जिल्लामा सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ । झापा, सप्तरी, कैलाली लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको हो ।
झापाको मेचीनगर नगरपालिका–१३ प्रगति सामुदायिक वनस्थित सडकमा ना.३ ख. २३५३ को ट्रकले मे. ८ प ६४९८ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका– १० बस्ने ६८ वर्षीय टंकप्रसाद बरालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी झापाकै गौरीगंज गाउँपालिका–२ बाहुन टोलस्थित सडकमा बाहुन टोलबाट चिया बगानतर्फ जाँदै गरेको मे.१ त ६२०० नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३९ वर्षीय सैला मुर्मुको छोरा ९ वर्षीय देवराज मुर्मुको बिहीबार बिहान मृत्यु भएको छ ।
ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको दमक हस्पिटल एन्ड रिसर्च सेन्टर दमकमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता सप्तरीको बोदेबरसाईन नगरपालिका–७ हैठीस्थित सडकमा बोदेबरसाईनबाट देउरीतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६२ वर्षीय शिवराम मण्डलको मृत्यु भएको छ ।
मोटरसाइकलले बुधवार राति ठक्कर दिँदा गम्भीर घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा गए राति मृत्यु भएको हो । साथै मोटरसाइकलको ठक्करबाट घाइते भएका अन्य १ जना पैदालयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै कैलालीको जानकी गाउँपालिका–३ स्थित डुडेझारी सडकमा से.५ प २५६० नम्बरको मोटरसाइकल र सु.पप्र. ०१–०१२ प ८०७५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई बुधवार दिउँसो दुर्घटना हुँदा से.५ प २५६० नम्बरको मोटरसाइकल चालक सोही गाउँपालिका–९ बस्ने १९ वर्षीय राकेश परियारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सु–प–प्र– ०१–०१२ प ८०७५ नम्बरको मोटरसाइकल चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
उता बाराको कलैया उपमहानगरपालिका–२४ श्रीपुर चोकस्थित सडकमा बडहर्वा चोकबाट कलैयातर्फ जाँदै गरेको रा.१ ख १९८० नम्बरको टिपरको ठक्करबाट सोही ठाउँ बस्ने धर्मेन्द्र चौधरीको छोरा ७ वर्षीय सुजित चौधरीको मृत्यु भएको छ ।
टिपरले बुधवार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बीएण्डबी अस्पताल ललितपुरमा थप उपचारको क्रममा बुधवार राति मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीस्थित सडकमा बद्दौरबाट गुगौलीतर्फ आउँदै गरेको लु.३ त ४७९७ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–२ उठहवा बस्ने २० वर्षीय श्यामलाल कोरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण