नेविसंघको म्याद सकिएको अनुशासन समितिले सोध्यो ६ नेतालाई स्पष्टीकरण
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को म्याद गुज्रिएको समितिले २ केन्द्रीय सदस्यसहित ६ नेतालाई स्पष्टीकरण सोधेको छ । माउ पार्टी नेपाली कांग्रेसले दुजाङ शेर्पा अध्यक्ष रहेको तदर्थ समितिलाई चैत मसान्तसम्म महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो ।
कांग्रेस पदाधिकारी बैठकले तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्न नसकेमा तदर्थ समिति भङ्ग गर्ने चेतावनी पनि दिएको थियो ।
तर, समितिले महाधिवेशन सम्पन्न गर्न त परैको कुरा भयो सदस्यता वितरण र नवीकरणको कामसमेत सुरु गर्न सकेको छैन । यो समितिबाट महाधिवेशन हुन नसक्ने छाँट देखेको कांग्रेसले समितिको म्याद थपबारे निर्णय गरेको छैन ।
पार्टीले म्याद थप नगरेको तदर्थ समितिका अध्यक्ष शेर्पाले बनाएको अनुशासन समितिका संयोजक परोपकार अधिकारीले केन्द्रीय सदस्यद्वय अशोकसिंह विष्ट र अनुराग शाह तथा नेताहरू जितेन्द्र तिमिल्सिना, शैलेन्द्र उपाध्याय, हिमेन्द्र शर्मा र शेखर रोकायालाई बिहीबार स्पष्टीकरण सोधेको हो ।
काठमाडौँको रत्नराज्य लक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सङ्गठनले उठाएका उम्मेदवारहरूको पक्षमा काम नगरेको आरोपमा उनीहरूलाई समितिले ४८ घण्टे स्पष्टीकरण सोधेको हो । उनीहरूलाई तोकिएको समयभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिँदै पेस नगरेमा संघको विधान २०२७ को दफा २४९२० अनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।
यस्तो छ स्पष्टीकरणपत्र :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण