भारतीय क्रिकेटरविरुद्ध बलात्कार मुद्दा
शुक्रबार, १९ वैशाख २०८२, १४ : ५६
काठमाडौँ । एक भारतीय क्रिकेटरविरुद्ध बलात्कारको मुद्दा दर्ता भएको छ ।
जोधपुरको कुडी भगतासनी हाउजिङ बोर्ड थानामा क्रिकेटर शिवालिक शर्माविरुद्ध बलात्कारको मुद्दा दर्ता भएको हो । बिहेको प्रलोभनमा पारेर आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले शर्माविरुद्ध उजुरी दर्ता गराएकी हुन् ।
आफ्नै घरमा आएर शर्माले बलात्कार गरेको पीडित युवतीको आरोप छ । सोही उजुरीका आधारमा प्रहरीले शर्मालाई पक्राउ गर्ने तयारी थालेको छ ।
यो सिजन क्रिकेटमा संलग्न नरहेका उनी बडौदा टिमबाट घरेलु क्रिकेट खेल्थे । उनले पछिल्लो पटक बडौदाबाट गत जनवरीमा जम्मु कश्मिरविरुद्ध खेलेका थिए । उनी आइपिएलमा मुम्बई इन्डियन्स टिममा समेत आवद्ध थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण