नयाँ आर्थिक वर्षका यस्ता छन् सरकारका प्राथमिकता
काठमाडाैँ । सरकारले आगामी वर्षका लागि सरकारको झण्डै एक दर्जन प्राथमिकता निर्धारण गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनलाई सम्बोधभन गर्दै प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको हो ।
यस अनुसार सरकारको प्राथमिकता देहाय बमोजिम रहेका छन् ।
१. संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र यसविरुद्ध भएका गतिविधिको प्रतिवाद ।
२. संविधान संशोधन ।
३. राजनीतिक स्थायित्व र नििीतगत स्थिरता ।
४. विकास निर्माण परियोजना पुनः प्राथमिकीकरण ।
५. आयोजनाको समय तालिका निर्माण गरिने । सम्पन्न हुन नसक्ने आयोजना स्थगित, त्रुटीपूर्ण आयोजना खारेज ।
६. विद्यालय शिक्षाको चुनौती समाधान । उद्यमशीलता वृद्धिका लागि पाठ्यक्रम सुधार ।
७. युवाकेन्द्रित स्टार्टअप कार्यक्रम सुधार, जेन–जीलाई प्राथमिकता ।
८. स्वास्थ्य सेवाको जनशक्तिको माग तथा आपूर्तिको सन्तुलन मिलाउन जनशक्ति विस्तार ।
९. स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना ।
१०. कृषिको व्यवसायीकरण र पूर्वाधारका लागि तीन तहका सरकारबीच समन्वय ।
११. अनावश्यक संरचना खारेज ।
१२ फेसलेस र अनलाइन सेवाको विस्तार ।
१३. सुदृढ र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण