आइतबार, २१ वैशाख २०८२
ताजा लोकप्रिय

भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गरिने

शुक्रबार, १९ वैशाख २०८२, १५ : ४०
शुक्रबार, १९ वैशाख २०८२

काठमाडौँ । सरकारले भूमिसम्बन्धी विधेयक संसदको बर्खे अधिवेशनबाट पारित गर्ने बताएको छ ।

आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने विषय सरकारले समेटेको हो । 

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्तम बाचन गर्दै भने, ‘भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने ।’

सरकारले यसअघि भूमिसम्बन्धी अध्यादेश ल्याएको थियो । त्यो अध्यादेशमा सत्तारुढ दलहरूबीच नै विमति देखिएपछि संघीय संसद सचिवालयमा दर्ता भएको अध्यादेशलाई तामेलीमा राखिएको थियो ।

सरकारले अध्यादेशलाई विधेयक बनाएर नियमित रूपमा  पेस गरेर पारित गर्ने बताएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप