किट विश्वविद्यालय : नेपाली विद्यार्थीको मृत्युपछि फेसबुकलगायतका सामाजिक सञ्जाल चल्न छाड्यो
काठमाडौँ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थीको मृत्युपछि सामाजिक सञ्जाल बन्द गरिएको छ । नेपाली विद्यार्थी प्रिसा साहको बिहीबार मृत्यु भएको थियो । उनको मृत्युपछि आज बिहानदेखि फेसबुक, युट्युब, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरू चल्न छाडेका हुन् ।
एक नेपाली विद्यार्थीका अनुसार आज बिहानैदेखि फेसबुक लगायतका सामाजिक सञ्जाल चल्न छाडेको बताए । रातोपाटीलाई दिएको जानकारी अनुसार फेसबुक, इन्स्टाग्राम लगायतका एप नै लोड नभएका हुन् ।
यसअघि गत फागुन ४ गते बुटवलकी प्रकृति लम्सालको मृत्युपछि समेत केही नेपाली अनलाइन नचल्ने बनाइएको थियो । लम्सालको मृत्यु भएपछि सामाजिक सञ्जालमार्फत नै घटनाबारे व्यापक चर्चामा आएको थियो । विशेषगरी त्यो बेला इन्स्टाग्राममार्फत त्यहाँका विद्यार्थीहरूले जानकारी गराएका थिए ।
अहिले समेत शाहको मृत्यु प्रकरणमा सामाजिक सञ्जालमा व्यापक चर्चा हुन थालेपछि बिहानैदेखि बन्द गरिएको हो । बिहीबार बेलुकी स्नातक प्रथम वर्षमा अध्ययनरत नेपाली विद्यार्थी १८ वर्षीया प्रिसा शाहको मृत्यु भएको थियो । उनी आफू बस्ने होस्टेलमै झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण